![](https://sunauloonline.com/wp-content/uploads/2021/09/IMG-1f76cb8e473538414dcc2249c96f9712-V.jpg)
दोलखा । नेकपा एमाले वाग्मती प्रदेश कमिटीका अध्यक्ष तथा पुर्व संस्कृती पर्यटन तथा नागरिक उड्यन मन्त्री आनन्द पोखरेललको पहलमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुलाई करिव ४५ लाख मुल्य वरावरको स्वास्थ्य सामग्री सहयोग गर्नु भएको छ ।
नेपाल चिन हिमालयन फ्रेन्सीप समाजले चिनको तिव्वत सरकार संगको सहकार्यमा दोलखाका विभिन्न स्वास्थ्य संस्थाहरुमा आवश्यक रहेको ४५ लाख मुल्य वरावरको स्वास्थ्य सामग्रीहरु वितरण गरिएको हो । जिल्लाको सात गाउँपालिका र नगरपालिकामा संचालनमा रहेको अस्पतालहरुलाई एमाले नेता तथा पुर्व मन्त्री पोखरेलले आज जिल्ला समन्वय समिति दोलखामा एक कार्यक्रमको आयोजना गरी स्वास्थ्य सामग्री हस्ताणतरण गर्नु भएको हो ।
संंस्थाले अक्सिनज ५० थान, इसिजी मेसिन २ थान, प्यासेन्ट मनिटर २ थान, अक्सिजन कन्सन्ट्रेटर ४ थान, प्यासेन्ट वेड १० थान, अक्सिमिटर २० थान, पिपिइ सेट ५०० थान, माक्स १५ थान, मेडीकल ट्रली २ थान, डिजिटल थर्मोमिटर ९०० थान सहयोग हस्ताण्तरण गरेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखालाई ५० थाम अक्सिजन सिलिन्डल, तामाकोशी गाउँपालिका लाई इसिजी मेसिन, प्यासेन्ट मनिटर, अक्सिमिटर पिपिइ सेट, लगाएत समाग्री वितरण गरिएको छ भने सिंगटी अस्पताल, चरिकोट अस्पताल र अन्य स्वास्थ्य केन्द्रहरुलाई मेडिकल ट्रली, डिजिटल थर्ममिटर, अक्सिजन कन्सन्ट्रेटर, वेड, अक्सिमिटर लगाएतका सामग्री वितरण गरिएको छ ।
नेपाल चिन हिमालयन फ्रेन्सीप समाजका संस्थापक अध्यक्ष तथा पुर्व मन्त्री आनन्द पोखरेलले जिल्लाको विभिन्न क्षत्रमा रहेको नागरिकहरुलाई स्वास्थ्य उपकरणको अभावमा उपचार गर्न समस्या नहोस भन्ने उदेश्यले स्वास्थ्य सामग्र्रीहरु वितरण गरिएको बताउनुभयो । कोरोनाको बेलामा अक्सिजनको अभावमा जिल्लामा धेरै नागरिकहरुले अकालमा ज्यान गुमाउनु परेको हुँदा आगमी दिनमा त्यस्तो हुन नदिनका लागि अक्सिजन तथा अन्य स्वास्थ्य सामग्री सहयोग गरेको उहाँले बताउनु भयो । यो संस्थाले हिमाली १४ जिल्लाहरुमा स्वास्थ्य सामग्री वितरण तथा अन्य कामहरु गर्दै आईरहेको र दोलखामा स्वास्थ्य सामग्री निरन्तर वितरण गर्दै आएकोमा पुन थप स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका सचिव रिनन पोखरेलले बताउनुभयो । प्राप्त सामग्रीहरु आवश्यकताको आधारमा स्थानिय तहको स्वस्थ्य संस्थाहरुलाई सहयोग गरिएको र अक्सिजन सिलिन्डर तथा अक्सिजन कन्सन्ट्रेटरह स्वास्थ्य कार्यालय मार्फत जिल्लामा संचालित अस्पतालहरुलाई प्रदान गरीने जिल्ला समन्वय समितीका प्रमुख डवल पाण्डेले बताउनुभयो ।