दोलखा काङ्ग्रेसलाई सबल र सक्षम बनाउन मेरो उम्मेदवारी : भुवन केसि

दोलखा । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आउन केही दिन मात्रै बाँकी छ । महाधिवेशनको दिन नजिकिँदै जाँदा विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम पनि चलिरहेको छ ।

खस आर्य तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका कांग्रेसका प्रभावशाली एबम युवा नेता भुवन केसिले विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउन मुख्य योजना रहेको उनले बताए।
नेपाली कांग्रेसले बनाएको घोषणा पत्र अनुसारको संविधान कांग्रेसकै नेतृत्वमा संविधानसभाबाट जारी भएको छ । अब त्यहिअनुसार पार्टीलाई पनि परिमार्जन गर्न जरुरी छ ।

त्यसको लागि पार्टीलाई जुझारु बनाउन जरुरी छ । विपक्षीसँग डटेर लड्न सक्ने नेतृत्व कांग्रेसलाई चाहिन्छ, त्यसका लागि म नेपाली काङ्ग्रेस दोलखाको महाधिवेशन प्रतिनिधि बन्नु जरुरी छ । अब राजनीतिक होइन आर्थिक विकास जरुरी छ । त्यसको लागि राजनीतिमा युवाहरु आउनु पर्छ ।

लामो समयदेखी नेपाँली काँग्रेसको आस्थामा रहेको सिपाइ हुँ । कुनै दिन पनि मैले लोभ, प्रलोभन र लालच गरिन । किन कि मलाई लोकतान्त्रिक धार र यसको बिचार आफुले ग्रहण गर्दै आम जनसमक्ष फैलाउनु थियो । तसर्थ यसैको हिमायतीमा बर्षौ देखि लागेको हुँदा काँग्रेस छोडिन र छोड्न पनि सक्दिन । मेरा थोपा थोपा रगतमा काङ्ग्रेस बगेको छ। मैले एक कार्यकाल नेपाली काङ्ग्रेसको क्षेत्रीय सचीव बनेर सफलताका साथ कार्यसम्पादन सम्पन्न गरिसकेको छु।       काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा खस आर्य तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित गराउन केसिले आग्रह समेत गरे ।

Back to top button