दोलखा। नेपाली कांग्रेस दोलखाको नगरपालिका र गाउँपालिकामा अधिबेशन सप्पन्न भएसगै जिल्लामा चहलपहल बढेको छ । अधिबेशन नजिकिएक सगै काङ्ग्रेस नेताहरुले आ–आफ्नो उम्मेदवार घोषणा गर्न सुरु गरेका छन ।
खस आर्य तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी दिने घोषणा गरेका काङ्ग्रेसका प्रभावशाली नेता सिताराम शाही ठकुरीले राजनितीक सिद्धान्त अनुरुप संगठनका सुदृढीकरण गरि भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चलायमान बनाउने योजना रहेको बताए ।
२०१३ सालमा कालिन्चोक – ९ सुन्द्रावतीमा जन्मिएका ठकुरी ०४४ साल देखि सदरमुकाम चरिकोटमा बस्दै आएका छन । ०४६ सालमा नेपाली काङ्ग्रेसको क्रियाशिल सदस्य लिएका उनि काङ्ग्रेसको इतिहास बोकेका नेता रुपमा जिल्लामा परिचीत छ्न ।
०५४ सालमा बरिस्ठ सदस्य भएका ठकुरी दुई कार्यकाल बरिस्ठ सदस्य भएर कुशलता पुर्बक कार्यकालको सम्पन्न गरेका थिए ।
नेपाली काङ्ग्रेसको क्षेत्रीय सभापति हुँदै ठकुरी हाल नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सदस्य रहेका छन। माओवादी द्वन्द कालमा समेत काङ्ग्रेसको संगठन बिस्तारमा लागेका ठकुरी नेपालको (क) श्रेणीका निर्माण ब्यवसायी समेत हुन ।
निर्माण ब्यवसायी भएकै कारण द्वन्द कालमा चन्दा आतंक माग्नेहरु कै कारण र नेपाली काङ्ग्रेस भएका कारण उनी ४ बर्ष सम्म दशैमा घर समेत जान पाएनन।काङ्ग्रेस भित्र भएका विकृती र गुटबन्दी हटाउँदै विपक्षीसँग डटेर लड्नसक्ने कांग्रेस बनाउने योजना रहेको ठकुरी बताउँछन।
ठकुरिले गाउँगाउँमा गएर कार्यकर्ताको चाहना र भावना अनुसार काम गर्ने प्रतिबद्धता जनाए।
कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई स्थपित गराउन र मतदाता र जनतासँग जोड्न आफूल उम्मेदवारि दिएको उनी बताउँछन
काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा खस आर्य तर्फ केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्बाचित गराउन ठकुरिले आग्रह समेत गरे ।