खुल्ला तर्फ प्रदेश प्रतिनिधिमा उम्मेदवार दिने चित्र बहादुर कार्कीको घोषणा

दोलखा। नेपाली कांग्रेसको चौधौं महाधिवेशन नजिकिदै जाँदा सबै तहका नेतृत्वमा आकांक्षा राख्ने नेताहरुले आ–आफ्नो दावी प्रस्तुत गर्ने क्रम सुरु भएको छ ।
नगरपालिका र गाउँपालिकाको अधिबेशन सकिए सगै प्रदेशमा उम्मेदवार घोषणा गर्ने क्रम सुरु भएको छ।
नेपाली काङ्ग्रेस दोलखाका पुर्ब पार्टी सचीव एबम महासमिती सदस्य चित्र बहादुर कार्किले आगामी अधिवेशनका लागि प्रदेश सभा (ख) को प्रदेश प्रतिनिधिमा उम्मेदवार दिने घोषणा गरेका छन ।

सुनौलो अनलाइन सग कुरा गर्दै कार्किले भात्री सङगठन लगायत काङ्ग्रेस निकट सबै संगठन लाई चुस्त दुरुस्त बनाउदै चलायमान बनाउन उम्मेदवारी घोषणा गरेको बताए ।
दोलखामा कांग्रेस पराजित भएकाले पार्टीलाई आगामी निर्वाचन गाउँपालिका र वडा तहमा निर्वाचित गराउनु मुख्य लक्ष्य रहेको कार्किले बताए ।

काङ्ग्रेस नेता, क्षेत्रिय प्रतिनिधिहरु एबम सम्पुर्ण काङ्ग्रेसप्रेमी हरुलाइ आगामी अधिबेशनमा प्रदेश सभा (ख) को प्रदेश प्रतिनिधिमा निर्बाचित गराउन कार्किले आग्रह समेत गरे ।

Back to top button