जन्मदिनको अवसरमा बस्नेतद्वारा बालगृहमा खाद्यान्न सामाग्री सहित आर्थिक सहयोग

दोलखा । जिल्लाका सफल ब्यवसायी रामशरण बस्नेतले आफ्नो जन्मदिनको अवसरमा गौरीशंकर बालगृहमा खाद्यान्न सामाग्री सहित आर्थिक सहयोग गरेका छन । बस्नेतले चामल,तेल, बिस्कुट, फलफुल लगायतका खाद्यान्न सामाग्री सहित नगद ५ हजार आर्थिक सहयोग गरेका हुन ।

आफ्नो कमाइको केही रकम सामाजिक कार्यमा खर्च गर्ने उदेश्यका साथ जन्मदिनको अवसरमा यो बर्ष बालगृहमा सहयोग गरिएको बस्नेतले बताए ।
भिमेश्वर नगरपालिका ५ माटी घर भएका बस्नेत सदरमुकाम चरिकोट रहेर विभिन्न ब्यापार ब्यवसाय गर्दै आएका छ्न।

विभिन्न प्रतिष्ठित कम्पनीको दोलखा र रामेछापका लागि आधिकारिक बिक्रेताको रुपमा व्यापार गर्दै आएका बस्नेत दोलखाका सफल ब्यापारीको रुपमा परिचीत छन।

सहयोग बितरण कार्यक्रम बोल्दै बालगृहका अध्यक्ष राम प्रशाद सापकोटाले नजिकिएको बडादशै मनाउन बालगृहमा खाद्यान्न सामाग्री सहित आर्थिक सहयोग गरेकोमा बस्नेतलाई बिशेष धन्यवाद दिए

त्यस्तै भिमेश्वर नगरपालिका ५ का वडा अध्यक्ष रामचन्द्र बस्नेतले बालगृहमा सहयोग गरेकोमा बस्नेतलाई धन्यवाद दिदै बालगृह चरम आर्थिक सङ्कट्मा रहेको र यहाँ रहेका बालबालिका हरुलाई बडादशै मनाउन समेत आर्थिक अभाव रहेकाले सहयोगी मनहरुलाइ सहयोग गरिदिन हुन हार्दिक अनुरोध समेत गरे । बालगृहमा हाल ३० जना बालबालिका रहेका छन ।

Back to top button