कार्तिक १३ गते चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ प्रतियोगिता हुने

दोलखा । बाग्मती प्रदेश सरकारले प्रदेश खेलकुद परिषदको अगुवाईमा कार्तिक १३ गते चरिकोटमा हाइ अल्ट्रीच्युड रेस्लिङ प्रतियोगिता गर्ने भएको छ ।

प्रदेश खेलकुद बिकास परिषद्ले नेपालको पर्यटकीय सिजन कार्तिक र मंसिरमा ३ वटा साहसिक तथा पर्यटकीय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेअनुसार आगामी कार्तिक १३ गते बिश्वमै पहिलोपटक दोलखाको हाइ अल्ट्रीच्युड रेस्लिङ, २७ गते सिन्धुपाल्चोकको पाँच पोखरीमा अल्ट्रा म्याराथन र मङ्सिर १० गते रसुवामा माउन्टेन साइक्लिङ प्रतियोगीता आयोजना गर्न लागिएको सदस्य सचिव सुर्यलाल भण्डारीले जानकारी दिए ।

प्रतियोगिता तयारी पूरा भएको दोलखा जिल्ला खेलकुद बिकास समितिका सदस्य पुष्कर अधिकारिले बताए ।

विभिन्न ब्यक्तिहरु, संघसंस्था,एबम विभिन्न कम्पनीहरुलाइ प्रतियोगिताको प्रायोजकको रुपमा सहयोग गरिदिनहुन समेत अधिकारीले आग्रह गरे ।

परिषद् बैठकले यो बर्षमा हुने अन्य कार्यक्रम हरुमा, राष्ट्रिय तथा अंतरराष्ट्रीय प्रतियोगितामा सहभागीता जनाउने, खेलाडी तथा खेल क्षेत्रमा योगदान दिएका ब्यक्ति तथा सस्थाहरुलाइ सम्मान गर्ने, अपाङ्गता भएका खेलाडी हरुको लागि प्रतियोगिता आयोजना गर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागीता जनाउने, जिल्ला खेलकुद बिकास समिती हरुलाइ रु ६ लाखका दरले कार्यालय संचालन खर्च र खेल सामग्रीहरु खरिद गर्नका लागि भुक्तानी दिने जस्ता केही महत्वपूर्ण निर्णय गरेको कुरा सदस्यसचिव भण्डारीले जानकारी दिए।

 

Back to top button