“दैनिकि”अनलाई पोर्टललाई क्षमायाचनासहितको खण्डन छाप्न माओवादी नेता जिरेलको आग्रह

दोलखा । भ्रामक समाचार प्रकाशन गरेर चरित्र हत्या गर्ने अनलाईन विरुद्ध नेकपा माओवादी केन्द्र जिरी नगर कमिटीका अध्यक्ष नवीन जिरेलले कानुनी उपचार खोजेका छन् । मंसिर ६ गते “माओवादी नेता नवीन जिरेलले सार्वजनिक जग्गा अतिक्रमण गरि भाडा उठाएर खादै” शिर्षकमा समाचार संस्था ‘दैनिकी’ न्यूज डटकममा संप्रेषण भएको समाचार गलत भएको दाबी गर्दै माओवादी केन्द्रका नेता जिरेलले कानुनी उपचारको खोजि थालेका हुन ।
जिरेलले जिरी नगरपालिकासंग लिखित सम्झौता गरेर नै जग्गा भोगचलन गरेको दाबी गरेका छन् । २०७३ वैशाखदेखि लागु हुने गरी जिरी नगरपालिका र योङ्ग फार्मर्स प्रा. लि. बीच जग्गा भाडामा लिने दिने सम्झौता भए अनुसारको स्थानमा अस्थायी टहरा निर्माण गरि उपभोग गरेको दाबी गरेका नेता जिरेलले गलत समाचारको खण्डनको माग गरेका छन् ।
हाल उक्त टहरा पनि भत्काई सकेको अवस्थामा अनलाइन समचारको पृष्ठभागमा अरु नै ब्यक्तिको टहराको फोटो राखि ६ बर्ष देखि विभिन्न व्यवसायको लागि भाडामा दिएर भाडा उठाएर खाने गरेका, जग्गा खाली गर्नको लागि पटक पटक ताकेता गर्दा पनि शक्तिको आडमा सार्वजानिक जग्गा खाली नगरेको, सार्वजानिक जग्गा व्यक्तिलाई दिएर समिल संचालन गर्दा अस्पतालमा समस्या भएको भन्ने उक्त समचारमा कुनै सत्यता नरहेको दाबीसहित जिरेलले खण्डन प्रकाशित गर्न अनलाईन पोर्टललाई आग्रह गरेका छन् । आफुले हालसम्म कहीं कतै सार्वजनिक जग्गा अतिक्रमण गरी भाडामा नलगाएकोले राजनीतिक दाउपेजको आधारमा चल्ने पूर्वाग्रही मिडियाको पछि नलाग्न सबैमा जिरेलले अनुरोध गरेका छन् ।
तथ्यहिन समचारप्रति खेद प्रकट गर्दै आफुमाथि व्यक्तिगत लान्छना लगाउने र मानहानी गर्नेहरु विरुद्ध कानुनी उपचारको खोजी थालेको समेत जिरेलले जानकारी दिएका छन् । सम्बन्धित अनलाई पोर्टललाई क्षमायाचनासहित खण्डन छाप्न आग्रह गरेका नेता जिरेलले कानुनी कारबाहीका लागि भन्दै नेपाल प्रेस कउन्सिलमा निवेदन समेत दर्ता गराएका छन् । पार्टीगत पूर्वाग्रहका आधारमा केही व्यक्तिहरु परिचालित भएर समाचार लेखाइएको आशंका जिरेलले गरेका छन् ।     

Back to top button