स्वच्छन्द निर्माणले गुणस्तरहीन काम गरेको भन्दै अनिश्चितकालको लागि सिगटी बजार बन्द

दोलखा । जिल्लाको उत्तरी क्षेत्रको केन्द्रमा अवस्थीत मुख्य व्यापारीक केंद्र सिंगटी बजार स्थानीयहरुले अनिश्चितकालको लागि बन्द गरेका छन ।
स्वच्छन्द निर्माण सेवाले गुणस्तरहीन काम गरेको भन्दै स्थानियहरुले बजार बन्द गरेका हुन।
बजारमा हाल निर्माणाधिन अवस्थामा रहेको दोलखा सिंगटी सडकको कालोपत्रे गर्ने कार्य गुणस्तर हिन, वातावरणमैत्री तथा वालमैत्री नभएका कारण नागरीकहरुको स्वास्थ्यमा प्रतिकुल असर परेको भन्दै बिहान देखि नै बजार बन्द गरिएको स्थानीय विशाल शिवाकोटीले बताए।

बर्षामा हिलो र हिउँदमा अत्याधिक धुलोको कारण ब्यवसायी आजित भएर बजार बन्द गरिएको शिवाकोटीले बताए ।
धुलो उडिरहेको, ढल निकास पूर्ण रुपमा बन्द भएको जस्ता तत्थ्यहरुलाई बेवास्ता गरि निर्माण कार्य अलपत्र अवस्थामा छाडेको स्वच्छन्द निर्माण सेवालाई पटप पटक ध्यानाकर्षण गराउदा पनि यस क्षेत्रको समस्या समाधानको लागि कुनैपनि चासो नदेखाएकोले आन्दोलनमा उत्रनु परेको स्थानीय हरुको भनाइ छ ।
गत मङ्सिर ३ गत बसेको स्थानीयहरुको बैठकले ७ दिन भित्र सो सडक क्षेत्र भित्रको धुलो हटाउने काम, ढल निकास संचालनको काम, कालोपत्र गर्ने बाँकी काम तथा सडकको मापदण्ड अनुसारको बाँकी सम्पूर्ण काम पुरा गर्न गराइ पाउ भनेर सम्बन्धित निकायमा ज्ञापन पत्र पेश गरेका थिए । ज्ञापन-पत्रलाई बेवास्ता गरिएकाले बजारमा संचालन हुने अत्यावश्यक सवारीसाधन बाहेक सम्पूर्ण सवारीसाधन बन्द गरिएको आन्दोलन संघर्ष समितिले जनाएको छ।                     

Back to top button