बाग्मती प्रदेश कार्य समिति सदस्यमा चित्र बहादुर कार्किको उम्मेदवारी घोषणा

दोलखा । आसन्न नेपालि काङ्ग्रेसको १४ औं महाधिवेशन दोलखाका प्रभावशाली नेता चित्र बहादुर कार्कीले बाग्मती प्रदेश कार्य समिति सदस्यमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

दोलखाको प्रदेश क्षेत्र ‘ख’ को खुल्ला तर्फ बाट सबैभन्दा बढी मत ल्याएर बिजयी भएका कार्कीले बाग्मती प्रदेश सदस्य( भूगोल तर्फ ) उम्मेदवारि दिने घोषणा गरेका हुन ।

नेपाल शिक्षक संघ दोलखा र ट्रेड युनियन दोलखाका संस्थापक अध्यक्ष समेत रहेका कार्की सालीन र इमानदार नेता हुन
नेपाली कांग्रेस दोलखाको सचिव भएर काम गरिसकेका कार्की संगठन विस्तारको लागी स्थायी शिक्षकको जागिर छाडेर कांग्रेसको सक्रिय राजनितिमा लागेका थिए ।

कांग्रेसको सुदृढीकरण, शुद्धीकरण, रुपान्तरण लागि आफुले प्रदेश सदस्यमा उम्मेद्वारी दिएको उनले बताए । जिल्लामा लामो समय कांग्रेसको लागी काम गरेको र अब प्रदेशको लागी काम गर्न चाहेको उनको भनाई छ ।

उनले चुनावी अभियानलाई सक्रिय बनाएर अगाडी बनाएका छन् । साथै उनले बाग्मती प्रदेशभिका जिल्ला सभापति, क्षेत्रिय तथा प्रदेश क्षेत्रका सभापति, महाधिवेशन प्रतिनिधि र प्रदेश प्रतिनिधिहरुले आफुलाई मतदान गरि विजयी गराउन आग्रह गरेका छन । मंसिर १६ गतेदेखी १८ गतेसम्म हेटाँडामा कांग्रेसको बाग्मती प्रदेश अधिवेशन हुँदैछ ।

 

Back to top button