मिलिजुली कालिञ्चोक साकोसले भबिश्यका सञ्चालक र लेखा सुपरीवेक्षण समितिलाई तालीम दिने

इश्वर न्यौपाने । दोलखा । जिल्ला सदरमुकाम चरिकोटमा रहेको मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्थाले सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिहरुललाई नेतृत्व पुर्व तालीम
दिने भएको छ।

०७४ साल देखी संस्थाको सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिलाई तालिम दिदै आएको सहकारीले यो बर्ष पनि आगामी पौष २३ र २४ गते तालिम दिने भएको हो।

भविश्यमा नेतृत्व गर्न चाहानेहरुलाई कार्यसंचालन गर्न सहज होस भनेर तालिम दिन लागिएको सहकारीले जनाएको छ। बिनियम निर्वाचन नियमावली बमोजीम आवश्यक योग्यता पुरा भएका ईच्छुक शेयर सदस्यहरुलाई नेतृत्व पुर्व तालीमको ब्यवस्था गर्दै आएको सहकारिले जनाएको छ । ईन्टरनेसनल कोअपरेटिभ एलाईन्स् (आईसिए) को सन् २०१३ जनवरीमा प्रकासित ब्लुप्रीन्ट फर अ कोअपरेटिभ डिकेड भन्ने दशक खाकामा सहकारीका भावि नेतृत्वलाई पुर्व तालीम आवश्यकता पर्दछ भन्ने कुरा उल्लेख गरीएको थियो । सोहि अवधारणालई आत्मासाथ गर्दै संस्थाले २०७३ सालमा पुनर्लेखन गरीएको बिनियममा ब्यवस्था गरी स्वीकृती लिएर तथा निर्वाचन नियमावलीमा ब्यवस्था गरेर संस्थामा भविश्यमा नेतृत्वमा जाने आवश्यक योग्यता पुगेका शेयर सदस्यहरुलाई यो तालीमको ब्यवस्था गर्दै गएको हो ।
राज्यको सहकारी ऐनमा समितिको काम कर्तब्य र अधिकारमा सहकारीका मूल्य, मान्यता र सिद्धान्त बमोजिम सहकारी संस्थाको सञ्चालन गर्ने, आर्थिक तथा प्रशासकीय कार्य गर्ने गराउने, साधारणसभा बोलाउने, साधारणसभाका निर्णयहरु कार्यान्वयन गर्ने गराउने, सहकारी संस्थाको नीति योजना बजेट तथा बार्षिक कार्यक्रमको तर्जुमा गरी साधारणसभा समक्ष पेश गर्ने, सदस्यता प्रदान गर्ने तथा हटाउने, शेयर र सदस्यता सम्बन्धि कार्य गर्ने, विनियम तथा आन्तरिक कार्यविधि तयार गरी साधारणसभामा पेश गर्ने, संस्थाको कारोवार र ब्यवसाय हितको प्रवद्र्धनको लागि कार्य गर्ने गराउने भन्ने उल्लेख गरीएको छ । यसै गरी लेखा सुपरीवेक्षण समितिको काम कर्तब्य र अधिकारमा प्रत्येक चौमासिक अवधिमा लेखापरीक्षणका आधारभूत सिद्धान्त प्रयोग गरी आन्तरीक लेखापरीक्षण गर्ने गराउने, बित्तीय कारोवारको निरिक्षण र मुल्यांकन गर्ने गराउने, समितिको काम कारवाहीको नियमित सुपरिवेक्षण गर्ने र समितिलाई आवश्यक सुझाव दिने, साधारणसभा तथा समितिको निर्णय कार्यान्वयनको अवस्था परिक्षण गर्ने, साधारणसभामा लेखापरीक्षण र समितिका काम कारवाहीको बारेमा बार्षिक प्रतिवेदन पेश गर्ने, आफुले दिएको सुझाव सञ्चालक समितिले कार्यान्वयन नगरी संस्थामा संकट आएको अवस्थामा बिशेष साधारणसभा बोलाउन समिति समक्ष सिफारिस गर्ने, आवश्यकता अनुसार आन्तरीक लेखापरीक्षक नियुक्तिका लागि समितिमा सिफारिस गर्ने, लेखा सुपरीवेक्षण समितिका पदाधिकारी संस्थाको आर्थिक तथा दैनिक प्रशासनिक कार्यमा सहभागि हुन नपाउने आदी कुराहरु ब्यवस्था गरीएको छ ।
उल्लेखित ब्यवस्थाहरुको बारेमा नेतृत्वमा जानुपुर्व जानकारी गराउनको लागि भविश्यमा सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिमा जाने ब्यक्तिले पहिलानै जानकारी पाउँनु पर्दछ वा सिकाउनु पर्दछ भन्ने मान्यता राखी २०७३ सालमा बसेको संस्थाको २३ औं बार्षिक साधारणसभाले भविश्यका सम्भावित नेतृत्वको लागि पुर्व तालीम दिनुपर्ने ब्यवस्था बिनियममा गरेको थियो । सम्बन्धित नियमनकारी निकाय बाट स्वीकृति लिएको र २०७६ सालमा भएको संस्थाको २६ औं साधारणसभादेखी सञ्चालक समिति र लेखासुपरीवेक्षण समिति गठन गर्दा उक्त बिनियम र निर्वाचन नियमावली लागु गरीएको संस्थाका अध्यक्ष नारायण बहादुर श्रेष्ठले बताए ।
बर्तमान अवस्थामा सहकारी संस्थाका सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिले सहकारीको सद्धिान्त, मुल्य मान्यता, राज्यमा प्रचलीत संघिय, प्रदेश लगायत स्थानिय ऐन नियमावली मापदण्डको साथै पल्र्स अनुगमन प्रणाली, सदस्यता केन्द्रयता सुचकांक, सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धि कानून, प्रविधि प्रयोगको आवश्यकता र बर्तमान प्रयोगको अवस्था, संस्थागत सुशासनको तह मापन बिधि पद्धति, स्तरीकरण कार्यक्रम, स्थिरिकरण कोष, कर्जा सुचना केन्द्र, शेयर सदस्यहरुको समय सापेक्ष माग, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा भएको सहकारी संस्थाहरुको असल अभ्यास, लेखापरीक्षणमा एनएफआरएस बिधि, मानव संशाधनविच पदिय सृङ्खला र सिमारेखा आदी बिषयको बारेमा भावि नेतृत्वलाई बुझाई पुर्व तयारी अवस्थामा राख्नको लागि पनि भविश्यका सम्भावित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समितिलाई पुर्व तालीमको आयोजना गर्ने ब्यवस्था मिलाएको संस्थाको सहायक ब्यवस्थापक रमेश सापकोटाले बताए ।

Back to top button