पुरानो इतिहास बोकेको निलकण्ठेश्वर मन्दिर पुननिर्माण गरिने, मन्दिर पुननिर्माणमा सहयोग गरिदिन आग्रह

दोलखा । जिल्ला गौरीशंकर गाउँपालिका- २ जुगुको माझगाउँमा निलकण्ठेश्वर मन्दिर पुनः निर्माण गरिने भएको छ।
पुरानो इतिहास बोकेको मन्दिर पुन निर्माण गर्न स्थानीयहरुले मन्दिर पुननिर्माण समिति बनाएर मन्दिर निर्माण गर्न लागेका हुन ।

एउटा जिरेल समुदाय नजिकै गोठमा गाइले कहिल्यै दूध नदिने र गाइले किन दूध दिएन भनेर खोजी गर्दा त्यो ठाउँमा दुध झरिरहेको देखेपछि स्थानियहरुले खोतलेर हेर्दा शिव लिंग भेटिएपछि सोही स्थानमा स्थानीयहरुले पुजाआजा गरि त्यो ठाउँलाई निलकण्ठेश्वर महादेव मन्दिर नामाकरण गरिएको जनबिश्वास रहेको छ ।

बि.स २०१८ सालमा स्थापना भएको जुगुको हाल निलकण्ठेश्वर माध्यमिक बिद्यालय पनि सोही मन्दिरको नामबाट  नामाकरण गरिएको स्थानीयहरु बताउँछन ।

पुरानो शैलिमा स्व. नरध्वज कार्कीको अगुवाइमा मन्दीर निर्माण गरि पुजाआजा गरिदै आएको थियो । ०७२ सालमा भुकम्पले मन्दीर पुर्ण क्षति भएको स्थानीय भीष्म प्रकाश खड्काले बताए ।

संघ ,प्रदेश ,स्थानीयतह तिनै तहका सरकाको बेवास्ताका कारण भुकम्पले क्षति भएको ६ बर्ष पुग्दा सम्म पुननिर्माण नभएपछि स्थानीयहरुले भीष्म प्रकाश खड्काको संयोजकत्वमा ७ सदस्यीय मन्दिर पुननिर्माण समिती गठन गरि निर्माण कार्यको सुरुवात गरेका छन। मन्दिरको डिजाइन तयार गरि निर्माण कार्यको सुरुवात गरिसकेको स्थानीय खड्काले बताए ।

निर्माण समितिले मन्दिर पुननिर्माणमा प्राबिधिक स्टमेट ४१ लाख रहेका कारण पुननिर्माणमा सहयोग गरिदिनहुनका लागि विभिन्न राजनीतिक दलमा आबद्ध ब्यक्तिहरु, विभिन्न पेशा ब्यवसायी एबम समाजसेवीका साथै सहयोगी मनहरुलाइ आग्रह समेत गरेको छ। १० हजार भन्दा बढी सहयोग गर्ने ब्यक्ति तथा संघसंस्थाको नाम र ठेगान शिलालेखमा लेखिने निर्माण समितिले जनाएको छ।

Back to top button