जिल्ला सहकारी संघ दोलखाको आयोजनामा २ दिने धिताे मुल्यांकन तालिम सुरू

दोलखा । जिल्ला सहकारी संघ दोलखाकाे आयोजनामा २ दिने धिताे मुल्यांकन तालिम चरिकाेटमा सुरू भएको छ ।
कार्यक्रममा दाेलखा जिल्ला विभिन्न सहकारी संघ/संस्थाका प्रमुख,ब्यवस्थापक तथा सञ्चालक समितिका ब्यतिहरूकाे उपस्थितिमा सुरु भएको हो। कार्यक्रमको उद्घाटन पुर्ब पर्यटन मन्त्री एबमं नेकपा एमालेका पाेलिटब्यूराे सदस्य आनन्द प्रसाद पाेखरेलले गरेका थिए भने जिल्ला सहकारी संघ दाेलखाका अध्यक्ष हेमन्त कुमार चौलागाईंको अध्यक्षतामा भएको कार्यक्रमको विशेष आतिथ्यता बागमति प्रदेशका पुर्ब सामाजिक विकास मन्त्री सरस्वती बस्नेतकाे गरेका थिए शनिबारबाट सुरू भएकाे तालिममा जिल्ला भरिबाट करिब ४० जानाकाे सहभागीता रहेकाे जिल्ला सहकारी संघ दोलखाका ब्यवस्थापक अनिल दाहालले बताए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरेलले यस्ता तालिमहरू आवश्यकता रहेकाे र यस्ता तालिममा सहकारी संघले सबै सहकारी हरूलाई दिनु पर्न बताए ।
कार्यक्रममा नेफ्स्कुन का सञ्चालक सदस्य बागमति प्रदेश बचत तथा ऋण सहकारी संघ लिका महासचिव जिवशराज खड्काले तालिमकाे सफलताकाे शुभकामना व्यक्त गरेका थिए।तालिमकाे प्रशिक्षण नापि कार्यालयका प्राविधिक कृष्ण प्रसाद वाग्ले,मालपाेत कार्यालय प्रमुख मुरारी प्रसाद दुलाल र ईन्जिनियर सुरेश राउतले प्रशिक्षण गराएका थिए । तालिम कार्यक्रम शनिबार र आइतबार संचालन गरिने जिल्ला सहकारी संघ दोलखाले जनाएको छ ।

Back to top button