युवा परिषद बाग्मती प्रदेशले आयोजना गरेको जनचेतनामूलक कार्यक्रम बुधबार बाट सुरु हुने

दोलखा । प्रदेश युवा परिषद बाग्मती प्रदेशले दोलखामा आयोजना गरेको जनचेतनामुलक कार्यक्रम बुधबार बाट सुरु हुने भएको छ।

जिल्लामा चेलीबेटी बेचबिखन, महिला हिंसा, जातियता तथा लैङ्गकि बिभेद सुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम पौष १४ र १५ गते  ऐतिहासिक दोलखा बजारमा हुने भएको हो ।

प्रदेश युवा परिषद बाग्मती प्रदेशको आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार दोलखामा कार्यक्रम गर्न लागिएको प्रदेश युवा परिषद बाग्मती प्रदेशले जनाएको छ।

जिल्लामा रहेका बिभिन्न युवायुवतीको उपस्थितिमा हुन लागेको कार्यक्रममा पुर्व मन्त्री तथा प्रदेस सभा सदस्य सरस्वती बस्नेत को प्रमुख आतिथ्यमा महिला अधिकारकर्मी तथा विभिन्न ब्यक्तिहरुबाट प्रशिक्षण दिने कार्यक्रम रहेको कार्यक्रम संयोजक तथा  बाग्मती युवा परिषद सदस्य श्यामसुन्दर शिवाकोटीले जानकारी दिए ।

कार्यक्रमले महिला हिंसा, जातिय तथा  लैङ्गकि बिभेदको न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने लक्ष्य लिएको सदस्य शिवाकोटीले बताए ।
जिल्लामा रहेका  नगरपालिका  र गाउँ पालिकाका युवायुवतीलाई  कार्यक्रममा समेटिने प्रदेश युवा परिषद बाग्मती प्रदेशले जनाएको छ ।

Back to top button