युवा परिषद बाग्मती प्रदेशले आयोजना गरेको ३ दिने जनचेतनामूलक कार्यक्रम सम्पन्न

दोलखा । प्रदेश युवा परिषद बाग्मती प्रदेशले दोलखामा आयोजना गरेको जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

जिल्लामा चेलीबेटी बेचबिखन, महिला हिंसा, जातियता तथा लैङ्गकि बिभेद सुशासन सम्बन्धि जनचेतनामुलक कार्यक्रम बुधबार बाट ऐतिहासिक दोलखा बजारमा सुरु भएको थियो ।

प्रदेश युवा परिषद बाग्मती प्रदेशको आर्थिक बर्ष ०७८/०७९ को स्वीकृत कार्यक्रम अनुसार दोलखामा गरिएको जनचेतनामूलक कार्यक्रमको उद्घाटन पुर्व मन्त्री तथा प्रदेस सभा सदस्य सरस्वती बस्नेतले गर्नुभएको थियो ।

आज समापन गरिएको कार्यक्रमको प्रमुख आतिथ्यता भिमेश्वर नगरपालिकाकि उपप्रमुख कमला बस्नेतले गर्नुभएको थियो ।

३ दिने कार्यक्रममा चेलीबेटी बेचबिखन ,महिला तथा जातिय बिभेदको काम कर्तव्य र अधिकारको बिषयमा सहभागिहरुलाइ सम्बन्धित बिषयका बिज्ञहरुबाट प्रशिक्षण दिएका थिए।

कार्यक्रमले महिला हिंसा, जातिय तथा  लैङ्गकि बिभेदको न्यूनीकरणमा महत्त्वपूर्ण भुमिका खेल्ने युवा परिषदका सदस्य श्यामसुन्दर शिवाकोटीले बताए ।
जिल्लामा रहेका  नगरपालिका  र गाउँ पालिकाका युवायुवतीलाई  कार्यक्रममा समेटिएको  थियो ।

कार्यक्रममा प्रहरी कार्यालय दोलखाका प्रमुख भेषराज रिजाल,कालिन्चोक गाउँपालिकाकी उपाध्यक्ष कालिका पाठक,सामाजिक अभियान्ता मेनुका सुबेदी लगायतले प्रशिक्षण दिनु भएको थियो ।

Back to top button