तामाकोसी गाउँपालिकाका जेष्ठ नागरिकको स्वास्थ्य परिक्षणका लागि घरदैलोमा पुगे स्वास्थ्यकर्मी

जिल्लाको तामाकोसी गाउँपालिकाले घरदैलो कार्यक्रम सुरु गरेको छ।
जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण तथा औषधि बितरणका लागि डाक्टर सहितको स्वास्थ्यकर्मीको टोलि जेष्ठ नागरिको घर घरमा पुगेर घरदैलो कार्यक्रम सुरु गरेको हो।

गाउँपालिकाले आजबाट ७ वटै वडामा सुरु गरेको घरदैलो कार्यक्रम ५ दिनसम्म चल्ने गाउँपालिकाले जनाएको छ।
आज मात्र ४ सय ७८ जना जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गरिएको तामाकोसी गाउँपालिकाका स्वास्थ्य संयोजक अरुण कुमार मिश्रले जानकारी दिए।

Back to top button