एमाले ,माओवादी परित्याग गरि सयौं कार्यकर्ता काङ्ग्रेस प्रबेश, कुन्दन काफ्लेद्वारा स्वागत

दोलखा । नेकपा एमाले, माओवादीका सयौं नेता कार्यकर्ता काङ्ग्रेस प्रबेश गरेका छन ।
वडा कार्यसमिति भिमेश्वर नगरपालिका -८ बोचले आयोजना गरेको जेष्ठ नागरिकको सम्मान स्वरुप ज्याकेट बितरण कार्यक्रममा एउटै वडाका सयौं कार्यकर्ता काङ्ग्रेस प्रबेश गरेका हुन ।

नवप्रबेशी लाई नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले स्वागत गरेका हुन।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य काफ्लेले बोचमा स्थानीयतहले गरेको बिकास अलपत्र परेको मुडे चरिकोट सडक जस्तो भएको बताए ।तिनै तहका सरकार नेकपाले जित्दा पनि दोलखाको बिकास निर्माणमा कुनै पनि प्रगती हुन नसकेको बताउदै काफ्लेले समृद्ध दोलखा निर्माणमा लागि नेपाली काङ्ग्रेसलाई बिजयी गराउनुपर्ने बताए ।
दोलखाका कम्युनिस्टका नेताहरुको जिबनयापन १० बर्ष अगाडी कस्तो थियो, आज सांसद हुँदै मन्त्री भएपछी उनिहरुले बिकासका काममा दोलखाको मुहार फेर्न नसकेको बताउदै काफ्लेले उनिहरुले चढ्ने गाडी, घर र उनिहरुको दैनिकी मात्र फेरिएको बताए ।

दुइतिहाइको सरकार आफैं ढालेर संसद भंग गरेर देशलाई अस्तब्यस्त बनाउने केपि ओलिले आज संसद चल्न नदिएर देशलाई अस्थिरता तिर धकेल्दै लगेको काफ्लेले बताए ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका युवा नेता ताराकुमार खड्का, महाधिवेशन प्रतिनिधि इश्वर मानन्धर , दामोदर कार्की भबेन्द्र कार्की ,प्रदेश कार्यसमिति सद्स्य चित्र बहादुर कार्की, जिल्ला सचिव दावा साङ्गे शेर्पा क्षेत्रिय सभापति चित्र दाहाल, नगर सभापति शङकर कार्की लगायतका जिल्ला एबम वडा स्तरका नेताहरुले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा बोचका सयौं जेष्ठ नागरिकलाइ न्यानो कपडा ज्याकेट बितरण गरिएको छ।

 

Back to top button