झुलेका पुराना कम्युनिस्ट नेता सिताराम कार्की नेपाली काङ्ग्रेस प्रवेश ,कुन्दन काफ्ले द्वारा स्वागत

दोलखा । तामाकोसी गाउँपालिका -२ झुलेका पुराना कम्युनिस्ट नेता सिताराम कार्की नेपाली काङ्ग्रेस प्रवेश गरेका छन ।

स्व. भिम बहादुर तामाङ निवास झुलेमा आयोजना गरिएको केन्द्रिय सदस्य कुन्दनराज काफ्लेको बधाई तथा सम्मान कार्यक्रममा कम्युनिस्ट नेता कार्की नेपाली काङ्ग्रेस प्रवेश गरेका हुन।
कार्किलाइ केन्द्रिय सदस्य काफ्लेले स्वागत गरेका छन ।
२०१४ सालमा जन्मिएका कार्किले २०३६ सालबाट नेकपा मालेको राजनीति सुरु गरेका थिए। पार्टी एकीकरण पछि ०४६ सालमा एमाले गाबिस कमिटी सचिव हुँदै कार्यालय सचीव समेत भएका कार्की सङ्गठित सदस्य हुँदै झुलेका गाउँ पार्टी सदस्य समेत रहेका थिए ।
कम्युनिस्टमा प्रजातान्त्र नदेखिएको र नेपाली काङ्ग्रेसमा स्वच्छ प्रजातान्त्रिक भावना देखेर काङ्ग्रेस प्रवेश गरेको कार्किले बताए ।
आज बाटै नेपाली काङ्ग्रेसमा लागेर संगठन निर्माण लाग्ने कार्किको भनाइ छ।
२०३५ साल देखि नेकपाको राजनिती गर्दै आएका कार्की झुलेका सम्मानित नेताको रुपमा चिनिन्छन ।

 

Back to top button