स्व.भिम बहादुर तामाङ निवास झुलेमा किन पुगे केन्द्रिय सदस्य कुन्दनराज काफ्ले

दोलखा । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्ले स्व.भिम बहादुर तामाङ निवास झुले पुगेका छन ।

नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा सम्मानित मतका साथा बिजयी भएका काफ्ले स्व. तामाङको जन्मथलो बाट जिल्ला संगठनका निर्माण लाग्ने प्रतिज्ञा गर्न झुले पुगेका हुन।
दोलखाको पहिलो केन्द्रिय सदस्य एबम सम्मानित नेता तामाङको जन्मथलो तामाकोसी गाउँपालिका -२ झुलेमा पुगेर काफ्लेले जिल्लाको संगठनमा निक्लने प्रतिज्ञा गर्दै स्व.तामाङको बाटोमा लागेर सबल र सक्षम काङ्ग्रेस बनाउने लागिपर्ने बताए

वडा कमिटी झुलेले आयोजना गरेको केन्द्रिय सदस्यको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै काफ्लेले केन्द्रिय सदस्य जितेपछि भिम दाइको जति गर्न नसके पनि रास्ट्र र जनताको हित बिपरित र असर पर्ने कुनै पनि काम नगर्ने बताए .

नेपाली काङ्ग्रेसलाई चिनाउने सम्मानित नेता स्व. भिम बहादुरलाइ सम्झना गर्दै काफ्लेले
भिम बहादुर तामाङको आदर्श र शिष्टता कारण नेपाली काङ्ग्रेस नेपाली जनताको पार्टी भएको बताए ।
केन्द्रिय सदस्य जितेपछि भिम दाइको जति गर्न नसके पनु रास्ट्र जनताको हित बिपरित र असर पर्ने काम नगर्ने काफ्लेले बताए
कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस दोलखाका प्रभावशाली एबम युवा नेता तारा कुमार खड्काले स नेपाली काङ्ग्रेस नेपाली जनताहरुको पार्टी भएका कारण विकसित जिल्ला बनाउन आउदो निर्वाचानमा नेपालि काङ्ग्रेसलाई बिजयी गराउनुपर्ने बताए।

कार्यक्रममा युवा नेता गोपि शिवाकोटी, युवा नेता एबम तामाकोसी -१ का अध्यक्ष महेश्वर काफ्ले, क्षेत्रीय सचीव बिशाल कार्की लगायत वडा कमिटी लगायत विभिन्न नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो ।

कार्यक्रममा झुलेका पुराना कम्युनिस्ट नेता सिताराम कार्कीलाई केन्द्रिय सदस्य काफ्लेले नेपाली काङ्ग्रेस प्रवेश समेत गराएका थिए ।

 

Back to top button