वडा अध्यक्ष दम्पतीद्वारा विद्यालयमा २ लाखको अक्षय कोष स्थापना

दोलखा । जिल्लाको बैत्यश्वर -७ मार्बुका वडाअध्यक्ष रेशमराजस्वराज रिमाल र सबिना अधिकारी दम्पतीले कालिका माध्यामिक विद्यालयमा अक्षय कोषको स्थापना गरेका छन ।

आफ्नो बिबाहमा सुन गरहहना लगायतमा लाग्ने खर्चको रकम सदुपयोग गरेर विद्यालयमा २ लाखको अक्षय कोषको स्थापना गरेका हुन ।
आर्थिक अभावमा विद्यालय जान नपाएका वा नियमित नभएका विद्यार्थीको पढाइलाई सहयोग पुर्‍याउने उद्देश्यले कोषको स्थापना गरिएको वडाअध्यक्ष रिमालले बताए ।

स्वर्गीय बुबा कृष्ण प्रशाद रिमालको सम्झनामा अक्षय कोषको स्थापना गरि विद्यालयलाइ हस्तान्तरण गरिएको छ।

कोषको रकम लक्षित विद्यार्थीको पठनपाठनमा सहयोगी बन्ने विश्वास व्यक्त गर्दै ‘कोषको सही सदुपयोग हुनेमा विश्वस्त रहेको अध्यक्ष रिमालले बताए , उनले भने, ‘आर्थिक अभावमा कुनै पनि बालबालिका पढ्नबाट बन्चित हुनु नपरोस् भन्ने चाहनाले कोष स्थापना गरेका हौ ।’
कोषको रकम गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा खर्छ गरिने सबिना अधिकारिले बताइन ।
विद्यालयले कोषको रकम सदुपयोग गर्दै लक्षित विद्यार्थीमा पुर्‍याउने प्रतिबद्धता जनाएको छ ।

कालिका माध्यमिक बिधालयमा ६ कोठे र ८ कोठे भवन निर्माण गर्न जग्गा अभाव भएपछि वडा अध्यक्ष रिमालले आफ्नो तलब भत्ता बापतको रकमले जग्गा खरिद गरि विद्यालयलाई हस्तान्तरण समेत गरेका थिए ।
अध्यक्ष रिमालले उपलब्ध गराएको जग्गामा विद्यालय भवन निर्माण समेत सम्पन्न भइसकेको छ ।

Back to top button