एमाले दोलखाको जिल्ला कमिटीमा एक दर्जन युवाहरु आकाँक्षी

दोलखा ।दोलखा एमालेको आसन्न जिल्ला अधिवेशनमा जिल्ला कमिटिमा युवा आकाँक्षीहरुको लर्को देखिएको छ । शुक्रबारबाट सदरमुकाम चरिकोटमा सुरु हुने अधिबेशनमा एकदर्जन भन्दा बढी युवाहरुले जिल्ला कमिटीमा दाबी गर्ने भएका छन ।

जिल्ला कमिटिमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिव र सदस्यीय चुनिने व्यवस्था छ ।
वडाहरुबाट करिब ७ सय प्रतिनिधि छनोट भएर सदरमुकामसँग आउने क्रम जारी छ ।

जिल्ला कमिटीमा आकाङ्क्षा राख्ने दोलखाका प्रभावशाली एबम क्षमतावान युवाहरुमा गौरीशंकर गाउँपालिकाबाट महाराज गुरुङ तामाकोसी गाउँपालिका बाट धिरज सुवेदी र दिपक कालिकोटे बैत्यश्वर गाउँपालिकाबाट शान्त जिरेल र ध्रुब आचार्य मेलुङ गाउँपालिकाबाट सज्जन लामा भिमेश्वर नगरपालिकाबाट सुजन श्रेष्ठ र शक्ति पाठक कालिन्चोक गाउँपालिका हरि वलि श्यामसुन्दर शिवाकोटी रहेका छन ।

अधिबेशनमा छनोट भएर आउनुभएका सम्पुर्ण प्रतिनिधिहरुलाइ जिल्ला कमिटीमा युवाहरू लाई आफ्नो अमुल्य मत दिएर बिजयी गराउनहुन समेत युवाहरुले आग्रह गरेका छन।

Back to top button