दोलखा एमालेको जिल्ला उपसचिवको दौडमा युवानेता रेशमराजस्वराज रिमाल

दोलखा। नेकपा एमालेका युवा नेता एबम बैत्यश्वर- ७ का मार्बुका वडा अध्यक्ष रेशमराजस्वराज रिमालले आसन्न अधिबेशनमा जिल्ला उपसचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
२०५७ सालदेखि बैत्यश्वर माध्यामिक बिद्यालय बाट राजनीतिक यात्रा सुरु गरेका रिमाल
०६२ सालमा भएको स्वबियुमा गौरीशंकर क्याम्पसमा उत्कृष्ट मतका साथ सदस्यमा बिजयी भएका थिए । ०६६ सालमा अनेरास्ववियु दोलखाको सचीवमा निर्वाचित रिमाल ०६८ सालमा अत्यधिक मतका साथ अनेरास्ववियुको जिल्ला अध्यक्षमा निर्वाचित भएका थिए । ०७१ सालमा अनेरास्ववियुको पुनः अध्यक्षमा निर्वाचित भएका उनी ०७४ सालमा नेपाली काङ्ग्रेस र माओबादिको गठबन्धनका उम्मेदवारलाई हराउँदै भारी मतान्तरका साथ बैत्यश्वर – ७ मार्बुको वडा अध्यक्षमा निर्वाचित भएका थिए । ०७५ सालमा जिल्ला कमिटी सदस्यमा चयन भएका उनी दोलखाका युवा वडाअध्यक्षका रुपमा परिचित छन
युवाहरुको नेतृत्व गर्दै दोलखा एमालेलाई पुस्तान्तरण गर्नका लागि आफुले उम्मेदवारी घोषणा गरेको रिमालले बताए ।

वडा अध्यक्षमा निर्वाचित भएदेखी तलब भत्ता र सवारि साधन सहित कुनैपनि सरकारी सेवा सुबिधा नलिएका रिमाल वडा देखि जिल्ला सम्म लोकप्रिय नेताका रुपमा चिनिन्छ्न।

कालिका माध्यमिक बिधालयमा ६ कोठे र ८ कोठे भवन निर्माण गर्न जग्गा अभाव भएपछि वडा अध्यक्ष रिमालले आफ्नो तलब भत्ता बापतको रकमले जग्गा खरिद गरि विद्यालयलाई हस्तान्तरण गरेर जिल्लामा चर्चित भएका थिए।
अध्यक्ष रिमालले उपलब्ध गराएको जग्गामा अहिले विद्यालय भवन निर्माण समेत सम्पन्न भइसकेको छ ।

आफ्नो बिबाहमा सुन गरहहना लगायतमा लाग्ने खर्चको रकम सदुपयोग गरेर विद्यालयमा २ लाखको अक्षय कोषको स्थापना गरेका रिमालले विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन ।
अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ अत्याधिक मतका साथ बिजयी गराउन समेत रिमालले आग्रह गरे ।

 

 

 

Back to top button