एमाले दोलखाको सचिवमा लोकप्रिय नेता हिरा थोकरको उम्मेदवारी घोषणा

दोलखा । नेकपा एमाले दोलखाको सचिवमा  लोकप्रिय नेता हिरा थोकरले उम्मेदवारी घोषणा गरेका छन् ।
दोलखाली युवाहरुको नेतृत्व गर्दै थोकरले उम्मेदवारी घोषणा गरेका हुन।
गएको स्थानीय चुनावमा मेलुङ गाउँपालिका -३   को वडा अध्यक्षमा भारि मतले बिजयी भएका थोकर वैचारिक एवं सांगठनिक क्षमता भएका एमाले नेताको रूपमा परिचीत रहेका छन  ।
वडा अध्यक्ष निर्वाचित भए देखि कुनै पनि सरकारी सुबिधा नलिएका थोकर जिल्लामा लोकप्रिय युवा नेताका रुपमा चिनिन्छन ।

पार्टीको टिके प्रथालाई निर्मुल पार्दै क्षमतावान, सबल कार्यकर्ता तयार गर्न र समान अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक बिधिमा पार्टीलाई डोर्याउन आफुले उम्मेदवार घोषणा गरेको थोकरले बताए ।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ थोकरले आग्रह गरेका छन। शुक्रबार देखि सुरु हुने एमाले दोलखाको १० औं जिल्ला अधिवेशनमा सुरु हुदैछ।

Back to top button