एमाले दोलखाको उपसचिवमा युवा नेता कार्कीको उम्मेदवारी ,को हुन सुन्दर कार्की

दोलखा। नेकपा एमालेका लोकप्रिय नेता सुन्दर कार्किले उपसचिव पदमा उम्मेदवारी दिएका छन ।
लामो समय नेकपा एमालेको राजनीतिमा लागेका कार्कीले जिल्ला अधिबेशनमा उपसचिवमा उम्मेदवारी दिएका हुन ।

विद्यार्थी राजनिती बाट राजनीति सुरु गरेका कार्किले एमाले विभिन्न कमिटी हुँदै एमाले तामाकोसी गाउँपालिकाको उपाध्यक्ष समेत भएका थिए ।
उद्योग बाणिज्य संघ दोलखाको पुर्व अध्यक्ष समेत रहेका कार्की दोलखाका सफल ब्यवसायी रुपमा जिल्लामा चिनिन्छन ।

विभिन्न सामाजिक कार्य समेत गर्दै आएका कार्की एमाले दोलखाको प्रभावसाली नेता हुन ।
सालिन भद्र स्वभाव रहेका कार्की उपसचिव पदका बलियो उम्मेदवारको रुपमा देखिएका छन ।

अधिबेशनमा छनोट भएर आएका प्रतिनिधिहरुलाइ आफ्नो अमुल्य मत दिएर अत्याधिक मतका साथ उपसचिव पदमा बिजयी गराउन समेत कार्किले आग्रह गरे ।

 

Back to top button