जिल्ला कमिटी सदस्यमा लोकप्रिय युवा नेता शान्त जिरेलको उम्मेदवारी, को हुन जिरेल ?

दोलखा । एमाले दोलखाको जिल्ला कमिटी सदस्यमा लोकप्रिय युवा नेता शान्त जिरेलको उम्मेदवारी दिएका छन ।

जिल्लामा लोकप्रिय नेताका रुपमा परिचीत जिरेलले जिल्ला अधिबेशनमा सदस्य (बैत्यश्वर गाउँपालिका भुगोल तर्फ ) पदमा उम्मेदवारी दिएका हुन।
अनेरास्ववियुको राजनीति बाट राजनीतिक यात्रा सुरु गरेका जिरेलले विभिन्न कमिटीमा बसेर काम गरेका थिए।
युवा संघ हुँदै पार्टीको राजनीतिमा लागेका जिरेल बैत्यश्वर गाउँपालिका कमिटीका उप सचिव रहेका छन।
सालिन र भद्र स्वभावका जिरेल जिल्लामा क्षमतावान र प्रभावशाली युवा नेताको रुपमा परिचीत रहेका छन ।
ब्याडमिन्टन लगायत विभिन्न खेलमा समेत दक्ष रहेका जिरेल जिल्ला कमिटी सदस्यका बलियो उम्मेदवारको रुपमा देखिएका छ्न ।

बिधि बिधान र पद्धति जोगाउन र समग्र जिल्लाको बिकासका लागि आफुलाइ अमुल्य मत दिएर जिल्ला कमिटी सदस्य( बैत्यश्वर गाउँपालिका ) पदमा बिजयी गराउनुहुन सम्पुर्ण प्रतिनिधिहरुलाइ जिरेलले आग्रह समेत गरेका छन।

Back to top button