सेवाकेन्द्र ब्यवस्थापन मानव संशाधन क्षमता अभिबृद्धि र कार्ययोजना निर्माण कार्यक्रम सम्पन्न

ईश्वर न्यौपाने
दोलखा सदरमुकाम चरिकोटमा अवस्थित मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालनमा रहेका आठ ओटा सेवाकेन्द्रहरुको सेवाकेन्द्र ब्यवस्थापन मानव संशाधनको क्षमता बृद्धि गर्न तालीम कार्यक्रम सम्पन्न गरेको छ । २०७८ साल मंसिर १८ गते शनिवार बाट सुरु गरेको उक्त कार्यक्रम २०७८ माघ १ गते सम्पन्न गरेको हो । संस्थाले  मंसिर १८ गते शैलुङ्ग गाउपालीकामा अवस्थित बाघखोर सेवाकेन्द्र र फस्कु सेवाकेन्द्रको लागि बाघखोर सेवाकेन्द्र संयोजक श्री पुष्कर कुमार श्रेष्ठको अध्यक्षता तथा संस्थाको सचिव श्री ठाकुर प्रसाद पाठकको प्रमुख आतित्थ्यतामा बाघखोरमा,पौष १० गते बैतेश्वर गाउँपालीकामा अवस्थित एकता सेवाकेन्द्र, भीमेश्वर नगरपालीकामा अवस्थित धर्तिमाता सेवाकेन्द्र र कालिञ्चोक गाउपालीकामा अवस्थित सुनखानी सेवाकेन्द्रको लागि एकता सेवाकेन्द्र ब्यवस्थापन उपसमिति संयोजक श्री राजेश उप्रेतीको अध्यक्षता तथा संस्थाको उपाध्यक्ष श्री सरुणा बस्नेत श्रेष्ठको प्रमुख आतित्थ्यता तथा सचिव श्री ठाकुर प्रसाद पाठकको बिशेष आतित्थ्यतामा संस्थाको मुख्य कार्यालयमा, पौष १७ गते बिगु गाउ पालीकामा अवस्थित गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र र थामीचागु सेवाकेन्द्रको लागि गगनचुम्बी शुभलक्ष्मी सेवाकेन्द्र प्रमुख श्री सुरेशचन्द्र खड्काको अध्यक्षता तथा संस्थाको अध्यक्ष श्री नारायण बहादुर श्रेष्ठको प्रमुख आतित्थ्यतामा सिंगटीमा र माघ १ गते कालिञ्चोक गाउँपालीकामा अवस्थित जल्पाश्वरी परोपकार सेवाकेन्द्रको लागि उक्त सेवाकेन्द्र प्रमुख श्री देवेन्द्र अर्यालयको अध्यक्षतामा नेपाल सरकारको स्वास्थ्य मापदण्ड पालना गर्दै बाबरेमा उक्त तालीम कार्यक्रमहरु सञ्चालन गरीएको थियो । उक्त तालीम कार्यक्रमको क्रममा संस्थाको चारबर्षिय रणनीतिक योजनाको चौथो बर्षको लक्ष्य पुरा गर्नको लागि सेवाकेन्द्र स्तरीय बार्षिक कार्ययोजना निर्माण गर्ने कार्य समेत सम्पन्न गरेको सहकारीले जनाएको छ ।

Back to top button