दोलखाली जनता सँग नेपाली काङ्ग्रेस कार्यक्रम जिरिमा सुरु

दोलखा । नेपाली काङ्ग्रेस दोलखाले सुरु गरेको दोलखाली जनता सँग नेपाली काङ्ग्रेसको जागरण कार्यक्रम जिरिमा सुरु भएको छ।
जिल्लाका ९ वटै स्थानीय तहमा संयोजक तोकेर सुरुवात गरिएको कार्यक्रम अनुसार जिरी नगरपालिकाले वडा नम्बर १ श्यामाबाट कार्यक्रमको सुरु गरेको हो।
जिरी नगरपालिकाका लागि संयोजकको जिम्मेवारी पाएका नेपाली काङ्ग्रेसका प्रभावशाली नेता ताराकुमार खड्काले आइतबार श्यामाबाट कार्यक्रम सुरुवात गरेका हुन ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एबम संघी सांसद जिपछिरिङ लामाको वडाबाट यो कार्यक्रम सुरु गर्न पाउँदा खुसी लागेको बताए ।
नेपाली काङ्ग्रेस प्रचारमुखी पार्टी नभएको बताउदै खड्काले काङ्ग्रेसबाट निर्वाचित वडा अध्यक्षले गरेको काम कम्युनिस्ट पार्टीले मैले बिकास गरेको भनेर प्रचार गर्नु हास्यास्पद रहेको बताए।
६ बर्ष देखि अलपत्र परेको मुडे चरिकोट सडक बनाउन पहल गर्न नसक्ने कम्युनिस्ट सरकार दोलखाको बिकास गर्छु भनेर, दोलखाली जनताका आँखामा छारो नहाल्न खड्काले चेतावनी दिए ।
झुटको खेती गर्ने कम्युनिस्ट नेताहरूलाई हैन बिकासको मुल फुटाउने काङ्ग्रेसका नेताहरुलाइ आगामी निर्वाचनमा निर्वाचित गराउनुपर्ने बताए ।
कोरोनाको महामारीमा जिरी र चरिकोटका अस्पतालमा भएको स्वास्थ्यमा लापरबाहीले दोलखालि जनताको स्वास्थ्यमा तलमाथि भए त्यसको जिम्मा कम्युनिस्ट जनप्रतिनिधिले लिनुपर्ने बताए । अब जिरि नगरपालिकामा भोट बेचेर खानेलाई हैन बिकास गर्ने नेपाली काङ्ग्रेसलाई भोट दिनुपर्ने खड्काले बताए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नगर सभापति सोनाम शेर्पाले
नेपाली काङ्ग्रेसले जितेको वडा जिरि नगरपालिकाको नमुना वडा बनाएकोमा वडा नम्बर १ का वडा अध्यक्षलाई बिशेष धन्यवाद दिए। कम्युनिस्ट पर्टिले गफ मात्र गर्ने तर नेपाली काङ्ग्रेस जनताको काम गर्ने पार्टी भएको बताए ।
०४७ सालदेखी कम्युनिस्टले जिताउदा कुनै बिकासको परिवर्तन नभएको बताउदै शेर्पाले बिकास र परिवर्तनका लागि नजिकिदै गरेको निर्वाचनमा नेपालि काङ्ग्रेसलाई बिजयी गराउनुपर्ने बताए।
जिरीमा भएको अस्पताल बन्द हुने अवस्थामा पुर्याउने र कोभिडको भत्ता सम्म स्वास्थ्यकर्मीलाइ नदिइ बाडेर खाएर नगरपालिकाको बजेट चरम दुरुपयोग गरेको शेर्पाले बताए।
जिरी नगरपालिकाले गरेको बेथिति र अनियमितता बिरुद्ध नेपाली काङ्ग्रेस नगर कार्य समितिले भण्डाफोर गर्ने शेर्पाले बताए।
कार्यक्रममा बोल्दै जिरी-१ का वडा अध्यक्ष लाक्पा शेर्पाले
स्थानीयले छनोट गरेको ब्यक्तिलाई नै नजिकिदै गरेको स्थानीय तहको चुनावमा वडा अध्यक्षको टिकट दिनुपर्ने बताए । पर्यटन प्रबर्द्धनका लागि स्टोन पार्क लगायत विभिन्न पर्यटकिय स्थलको बिकास गरेको वडा अध्यक्ष शेर्पाको भनाइ छ। जुनसुकै पार्टीले बजेट ल्याए नि आफ्नो वडाको बिकासमा सहजीकरण गरि स्टमेट अनुसार रकम दुरुपयोग हुन नदिने शेर्पाले बताए ।
कार्यक्रमले नेपाली काङ्ग्रेसको भातृ संगठन नेबिसंघ, तरुण दल महिला संघ लगायत सब संगठनको कार्यसमिति समेत गठन गरेको छ।
युवा नेता तारा कुमार खड्काले दर्जनौं कम्युनिस्ट कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेश समेत गराएका थिए।

श्यामाका वडा सभापति खुस बहादुर कार्की सभापतित्वमा भएको कार्यक्रममा पुर्व क्षेत्रीय सभापति राजु उप्रेति, जिल्ला कार्यसमिति सदस्य कल्पना गुभाजु, नर बहादुर जिरेल,लिला जिरेल, जगत बहादुर गुभाजु, वाङ्छे शेर्पा, जनप्रतिनिधि लगायत नेता तथा कार्यकर्ताको उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो।

Back to top button