जिरिमा एमाले, माओवादीका दुई दर्जन कार्यकर्ता काङ्ग्रेस प्रवेश ,तारा खड्का द्वारा स्वागत

दोलखा । जिल्लाको जिरी नगरपालिकाका २ दर्जन एमाले, माओवादीकार्यकर्ता नेपाली काङ्ग्रेस प्रवेश गरेका छ्न। नेपाली काङ्ग्रेस दोलखाले आयोजना गरेको दोलखाली जनतासँग नेपाली काँग्रेस जागरण अभियान कार्यक्रममा एमाले माओवादी कार्यकर्ता काङ्ग्रेस प्रबेश गरेका हुन।
पार्टी प्रबेश गर्नेहरूलाई नेपाली काङ्ग्रेस दोलखाका प्रभावशालि नेता तारा कुमार खड्काले खादा मालाले स्वागत गरेका छन ।
प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रका नेता एबम सेतीदेवी प्राविका पुर्व प्रअ ङावा शेर्पा, कास्तेञ्जी शेर्पा, लाक्पा शेर्पा, नरेन्द्रजंग गुरुङ, भीम छिरिङ शेर्पा, प्रेमबहादुर कार्की, टिकाराम खड्का, कुलबहादुर बिक, खीरबहादुर कार्की, मेनुका बस्नेत, दुर्गा बस्नेत, कांडी शेर्पा, सानी शेर्पा, संगिता गुरुङ, ममता कार्की, धनमाया खड्का, बिर्मल बिक, राकेश घिमिरे, सरस्वती बिक, शान्ति गुभाजु, मञ्जु खत्री, ङावा शेर्पा, जगतबहादुर लामिछाने, दापुटी खत्री, ज्ञानमाया बिक लगायतका ब्यक्तिहरूले विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टी प्रवेश गरेका नेपाली काङ्ग्रेस जिरी नगर सचीव डिबि जिरेलले बताए ।
दोलखाली जनतासँग नेपाली काँग्रेस जागरण कार्यक्रमका जिरी नगरपालिकाका संयोजक तारा कुमार खड्काको प्रमुख आतिथ्यता तथा जिरी नगरपालिकामा-२ का वडा सभापति भोजराज कार्कीको सभापतित्वमा सम्पन्न  भएको थियो ।
कार्यक्रमले नेपाली काङ्ग्रेसको भातृ संगठन नेबिसंघ, तरुण दल महिला संघ लगायतका बिभिन्न संगठनहरुका कार्यसमिति समेत गठन गरेको सचीव जिरेलले बताए ।

कार्यक्रममा नगर सभापति सोनाम शेर्पा,उपसभापति लाक्पा शेर्पा,महिला संघका सभापति लिलादेवी जिरेल, क्षेत्र नं १ का क्षेत्रिय उपसभापति दोर्जी शेर्पा, प्रदेश प्रतिनिधि सुर्य बिक लगायत नेपाली काङ्ग्रेसका नेता तथा कार्यकर्याको भब्य उपस्थितिमा कार्यक्रम सप्पन्न भएको थियो।
आइतबार जिरी – १ श्यामा बाट सुरु गरिएको दोलखाली जनतासँग नेपाली काँग्रेस जागरण अभियान कार्यक्रम जिरि नगरपालिका सबै वडामा संचालन गरिने जिरी नगरकार्यसमितीले जनाएको छ।
जिरी नगरपालिकाका लागि कार्यक्रम संयोजकको जिम्मेवारी नेपाली काङ्ग्रेसका प्रभावशाली नेता ताराकुमार खड्काले पाएका थिए ।

Back to top button