नेपाली काङ्ग्रेसको जिरिमा जागरण अभियान भातृ संगठन बिस्तार देखि पार्टी प्रबेश सम्म

दोलखा । दोलखाली जनतासँग नेपाली काँग्रेस जागरण कार्यक्रम जिरी नगरपालिकाको १,२ र ३ मा सम्पन्न भएको छ।

आइतबार जिरी -१ श्यामाबाट सुरु गरिएको कार्यक्रम भातृ संगठन गठन र एमाले माओवादी परित्याग गरि नेपाली काङ्ग्रेस प्रबेश गर्नेहरुको स्वागत गर्दै जिरि- ३ को कार्यक्रम समेत सम्पन भएको हो ।
मंगलबार जिरी नगरपालिका -३ का वडासभापति अशोक केसीको सभापतित्व तथा दोलखाली जनतासँग नेपाली काँग्रेस जागरण कार्यक्रम जिरी नगरपालिकाका संयोजक तारा कुमार खड्काको प्रमुख आतिथ्यता सम्पन्न भएको जिरी नगरपालिकाक सचिव डिबि जिरेलले बताए

कार्यक्रममा रविन्द्र खत्री, विष्णुबहादुर कार्की, मोहनबहादुर खत्री, लाङार बहादुर खत्री, रत्नबहादुर खडका, भुवन बस्नेत, ज्ञानबहादुर कार्की, इन्द्रबहादुर खड्का, लोकबहादुर खड्का, केधर खड्का, दिपेश चापागाइँ, गणेश खड्का, खेमराज कार्की, दिनेश चापागाइँ,
कमल खड्का, पासाङ शेर्पा, देण्डी शेर्पा, श्यामबहादुर खड्का, धोव बस्नेत, जगत नारायण खत्री, मिङ्मा डोमा शेर्पा, आङफुटी शेर्पा, लोक हादुर खड्का, गणेशबहादुर थापा लगायतका २ दर्जन ब्यक्तिहरू विभिन्न पार्टी परित्याग गरी नेपाली काँग्रेस पार्टी प्रवेश गरेका सचीव जिरेलले बताए । पार्टी प्रवेश गर्नेहरुलाइ नगर सभापतिबाट ओढाएर स्वागत तथा प्रमुख अतिथिबाट सदस्यता प्रमाणपत्र प्रदान गरिएको जिरेलको भनाइ छ ।
आइतबार र सोमबार जिरी नगरपालिकाको १ र २ का दर्जनौं एमाले , माओवादी कार्यकर्ता नेपाली काङ्ग्रेस प्रबेश गरेका थिए ।
कार्यक्रम संयोजकको जिम्मेवारि पाएका नेपाली काङ्ग्रेसका प्रभावशालि नेता तारा कुमार खड्काले जिरिका ३ वटै वडाका सबै संगठन निर्माण समेत सम्पन्न गरिसकेको जिरी नगरकार्य समितिले जनाएको छ।

Back to top button