यबो प्राथमिक विद्यालयका ४५ जना विद्यार्थीलाई न्यानो कपडा बितरण

दोलखा । जिल्लाको बैत्यश्वर गाउँपालिका-८क्षेत्रपा रहेको यबो प्राथमिक विद्यालयका ४५ जना विद्यार्थीलाई न्यानो कपडा बितरण गरिएको छ । बैत्यश्वर -३ का युवा समाजसेबी शक्ति पाख्रिनको सहयोग तथा नेकपा एमाले जिल्ला कमिटी सदस्य शान्त बहादुर जिरेलको पहलमा सो बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यानो कपडा बितरण गरिएको हो । कक्षा १ देखि ५ सम्म पढाइ हुने सो विद्यालयका विद्यार्थीहरुलाइ ज्याकेट लगायत स्टेसन सामाग्री बितरण गरिएको विद्यालयले जनाएको छ। न्यानो कपडा बितरण गरेकोमा सहयोगिहरुलाइ बिधालय ब्यवस्थापन समितीले विशेष धन्यवाद दिएको छ ।

Back to top button