भौगोलिक हिसाबले बिकट मानिने भिरकोटको डडुवामा सेवा केन्द्र स्थापना

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिका -१ भिरकोटको डडुवामा सेवा केन्द्र स्थापना गरिएको छ ।
गाउँगाउँमा सिंहदरबारको अनुभूति दिलाउन र स्थानीयको सेवा प्रवाहलाई मध्यनजर गर्दै सेवा केन्द्रको स्थापना गरिएको हो ।
सेवा केन्द्रको नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले उद्घाटन गरेका थिए ।
कार्यक्रममा बोल्दै केन्द्रिय सदस्य काफ्लेले भिरकोटका स्थानियहरुलाइ २ ठाउ बाट सेवा दिएर सिंहदरबारको आभाष दिलाएकोमा वडा अध्यक्ष महेश काफ्लेलाइ बिशेष धन्यवाद दिए ।
तामाकोसी गाउँपालिकामा काङ्ग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले उत्कृष्ट बिकास गरेको बताउदै काफ्लेले कम्युनिस्टबाट निर्वाचित जनप्रतिनिधिहरु भ्रष्टाचार गर्न मात्र लागि परेको बताए ।

कम्युनिस्टले जितेर तामाकोसीमा बिकासको कुनै परिवर्तन नगरेको बताउदै काफ्लेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाली काङ्ग्रेसलाई बिजयी गराउन काफ्लेले आग्रह गरे ।
सेवाकेन्द्रमा महिनाको ४ दिन वडा कार्यालय बाट हुने सम्पुर्ण सेवाहरु प्रदान गरिने वडा अध्यक्ष महेश्वर काफ्लेले बताए ।
२ ठाँउबाट सेवा दिने तामाकोसी गाउँपालिकाको पहिलो वडा भिरकोट रहेको वडा अध्यक्ष काफ्लेले बताए । स्थानीय निर्वाचनमा जारी गरेको घोषणापत्र अनुसार निरन्तर ४ बर्ष बजेट बिनियोजन गरि सेवा केन्द्र स्थापना गर्न सफल भएको वडा अध्यक्ष काफ्लेको भनाइ छ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कुमार भुजेल, आमन्त्रित सदस्य बलराम कार्कि प्रदेश प्रतिनिधि राजकुमार खड्का, क्षेत्रिय सचिव विशाल कार्की, वडा सभापति सुन्दर प्रकाश कार्की लगायतले नेता तथा कार्यकर्ता एबम शिक्षक,विद्यार्थी लगायतको भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

Back to top button