गैरकानुनी ढंगले संचालन गरिएको कालिन्चोक केबुलकार उद्घाटन गरेकोमा माओवादी केन्द्रको बिरोध

दोलखा । नेकपा एमालेका अध्यक्ष एबम पुर्व प्रधानमन्त्री के.पि शर्मा ओलिले गैरकानुनी ढंगले संचालन गरिएको कालिन्चोक केबुलकार उद्घाटन गरेकोमा माओवादी केन्द्रले बिरोध जनाएको छ।
कालिन्चोक गाउँपालिका संगठन कमिटीका अध्यक्ष नवराज अर्यालले एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष ओलिले अबैध केबुलकार उद्घाटन गरेर राज्यमाथी नै खिल्ली उडाउने कार्य गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ।

एमाले अध्यक्ष ओलिले शुक्रबार बिहान कालिन्चोक केबुलकार उद्घाटन गरेर शैलुङ साहित्यक -साँस्कृतिक महोत्सव उद्घाटन गर्न शैलुङ गएका थिए ।            हेर्नुस माओवादी केन्द्रको प्रेस विज्ञप्ती                  प्रेस विज्ञप्ती
आदरणीय कालिञ्चोक बासी जनसमुदाय, समस्त सुवेच्छुक शुभ चिन्तक तथा पत्रकार ज्यूहरुमा
यो अवगत गरिन्छ कि लामो समय देखि यसै कालिञ्चोक गाउँपालिकामा अवस्थित कालिञ्चोक
भगवती मन्दिरको आसपासमा विगत केही वर्ष अघी देखि धार्मिक तथा पर्यटकीय स्थलमा
निर्माण गरिएको केबुलकार शक्ति र सत्ताको आडमा संचालनमा ल्याएको कुरा कालिञ्चोक
बासी जनसमुदायलाई जानकारी नै छ । यसरी गाउँपालिकाको श्रोतसाधन प्रयोग गरेवापत
दिनुपर्ने कर तथा आवश्यक शुल्क नदिने कालिञ्चोक दर्शन प्रा.लि. ले गौरीशंकर संरक्षण क्षेत्रको
रोहबरमा स्थानीयसँग (EIA) वातावरणीय प्रदुषण मूल्याङ्कन गर्दा गरेका सम्झौताहरु पालना
नगरेको र कम्पनीले नै एकाधिकार लाद्न खोजेर स्थानीय होटल व्यवसायीहरुको रोजिरोटी
खोसेको र राज्यको कुनैपनि निकायसँग आधिकारीक स्वीकृती नलिएको हुनाले कालिञ्चोकमा
संचालन गरिएको केवुलकार अबैध गैरकानुनी ढङ्गले संचालन गरिएको हुँदा यस्तो अवस्थामा
पूर्व प्रधानमन्त्री जस्तो व्यक्तिले अवैध केवुलकार उद्घाटन गरेर राज्यमाथी नै खिल्ली उडाउने
यो कार्य तत्काल बन्द गर्न नेकपा माओवादी (केन्द्र) कालिञ्चोक गाउँपालिका संगठन कमिटी
आवहान गर्दछ । यदि कालिञ्चोक बासी जनसमुदाय प्रति उक्त प्रा. लि. जिम्मेवार नबनेमा
नेकपा माओवादी (केन्द्र) कालिञ्चोक गाउँपालिका संगठन कमिटीले उक्त केबुलकार बन्द
गराउने पक्षमा लाग्न बाध्य हुने छ । धन्यवाद
नवराज आर्यल
अध्यक्ष
नेकपा माओवादी (केन्द्र)
कालिञ्चोक गा.पा. संगठन कमिटि

Back to top button