शैलुङ गाउँपालिकाले सरकारी सम्पती दुरुपयोग गर्यो : तरुण दल दोलखा

दोलखा । जिल्लाको शैलुङ गाउँपालिकाले सरकारी सम्पती दुरुपयोग गरेको भन्दै नेपाल तरुण दल दोलखाले बिरोध जनाएको छ।

शैलुङ गाउँपालिकाले जारी गरेको सूचना प्रति नेपाल तरुण दल दोलखा घोर भत्र्सना प्रकट गरेको छ। । सरकारी लेटर प्याडको दुरुपयोग गरी जारी भएको सूचनामा मनगढन्ते उपनाम दिइ कुनै पार्टीका नेतालाई सम्बोधन गर्नु र उक्त गाउँपालिकाका सरकारी कार्यालय तथा विद्यालय बन्द गरी कार्यक्रममा अनिवार्य उपस्थिति हुन लगाउनु पुर्ण रुपमा राजनैतिक कार्यक्रमको झल्को दिने खालको छ, तरुण दोलखाका उपाध्यक्ष चित्र कुमार तामाङले जारी गरेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ।
महोत्सव जस्तो कार्यक्रममा सबैको सहभागीता सुनिश्चितता कायम गर्नुको सट्टा कुनै एक पार्टीको कार्यक्रम जस्तो बनाइनु लाजमर्दो विषय र यस विषयबाट समाजलाइ गम्भीर असर गर्ने विषयको चेष्टा नराख्ने शैलुङ गाउँपालिकाले स्थानीय सरकारको बजेटको दुरुपयोगमा लागेको समेत प्रष्ट हुन्छ । पत्रमा उल्लेख गरिएको छ।
यस्ता गतिविधिलाई तत्काल सच्याउन नेपाल तरुण दल दोलखा जिल्ला कार्य समिति शैलुङ गाउँपालिकाको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ । त्यस किसिमका कृयाकलाप संचालन गरेको पाइएमा नेपाल तरुण दल हात बाधेर नबस्ने समेत जानकारी गराउन चाहन्छौ। यस्ता घटनाबाट उब्जिन सक्ने परिणामको जिम्मेवार स्वयम् गाउँ कार्यापालिकाको कार्यालय हुने जानकारी समेत गराउँदछौ। ध्यानाकर्षण पत्रमा लेखिएको छ।

Back to top button