मालु काठमाडौ सम्पर्क समिती गठन, सभापतिमा हिमाल खड्का

दोलखा । नेपाली काङ्ग्रेस मालु काठमाडौ सम्पर्क समिति गठन गरिएको छ। शनिबार काठमाडौको बानेश्वरमा आयोजित कार्यक्रमले हिमाल खड्काको सभापतित्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो।  नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सभापतित्व मालुका वडा सभापति सन्तोष पोखरेलले गरेका थिए। कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता तारा कुमार खड्का, भबेन्द्र कार्की , महेश काफ्ले, पुष्कर कुमार खड्का, सुरज खड्का, कुमार अधिकारी, गोपाल तिमल्सिना, भिम खड्काले कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमले
उपसभापतीमा नबराज खड्का, रामजी महत, भरत पोखरेल र भिम श्रेष्ठ,सचिबमा सुमन मिजार र कृष्ण खाती र कोषाध्यक्षमा अस्मिता खड्का सहित २७ सदस्यीय कार्यसमिति गठन गरेको वडा कार्यसमितिले जनाएको छ।

Back to top button