पत्रकारहरु नागरिकप्रति उत्तरदायी हुनुपर्छः केन्द्रीय अध्यक्ष पोखरेल

दोलखा । नेपाल पत्रकार महासंघका केन्दिय अध्यक्ष बिपुल पोखरेलले पत्रकारहरु नागरिकप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

पत्रकारहरुले समाज र नागरिका लागी पत्रकारिता गर्ने हुनाले पेशालाई मर्यादित बनाउदै नागरिक प्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।

मंगलबार दोलखा सदरमुकाम चरिकोटमा पत्रकार महासंघ दोलखा शाखाले आयोजना गरेको दुई दिने अनुसन्धान मूलक फिचर लेखन तालिमको उद्घाटन गर्दै पोखरेलले पत्रकारहरु राज्यको चौथो अंगको रुपमा रहेको र नागरिकहरुको विश्वासिलो पात्र भएकाले पेशाप्रती इमान्दारी पुर्वक आफनो भूमिका निर्वाह गर्नुपर्ने बताए ।
पोखरेलले अभिव्यक्ति स्वतन्त्रताको विरुद्धका कुनै पनि हर्कत स्वीकार गर्न नसक्ने बताएका छन ।श्रमजीवी पत्रकारहरुको हक हितका मुद्दाहरूमा कतै सम्झौता नगर्ने स्पष्ट पार्दै पोखरेलले पत्रकार महासंघ भनेको श्रमजीबी पत्रकारको संस्था रहेको बताए
सरकारले सूचना तथा प्रशारण कानुन मार्फत प्रेस स्वतन्त्रतालाई संकुचन गर्ने प्रयास गरिरहेको बताउदै पोखरेल सो कुरालाई लिएर आपत्ति जनाए।

सूचना र संचारका माध्यम प्रयोग गरेर खोज-अनुसन्धानमा लाग्न भन्नु पर्नेमा संचारमाध्यम नै बन्द गरेर राख्न उद्धत हुने सरकारको रबैया ठीक नभएको उनले औंल्याएका थिए ।

नेपाल पत्रकार महासंघ दोलखा शाखाका अध्यक्ष दीपशङ्कर चौलागाईको सभापतित्वमा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं तालिमका प्रशिक्षक धमेन्द्र झा, प्रेस काउन्सिल नेपालका सदस्य चिरञ्जीवी मास्के, सामुदायीक रेडियो प्रशारक संघका पूर्व केन्द्रीय कोषाध्यक्ष लक्ष्मण खड्का, नेपाल पत्रकार महासङ्घका दाेलखाका पूर्व अध्यक्ष जीवन लामा, निमित्त प्रमुख जिल्ला अधिकारी दिपक कोईराला, प्रेस चौतारी दोलखाका अध्यक्ष प्रभु जिरेल, प्रेस युनियन दोलखाका कार्यवाहक अध्यक्ष गोकर्ण भण्डारी, नेपाल पत्रकार महासंघ दोलखाका उपाध्यक्ष श्रृजन घिमिरे र सचिव दिलबहादुर केसीले मन्तव्य व्यक्त गरेका थिए
महासंघका पूर्व केन्द्रीय अध्यक्ष एवं प्रशिक्षक झाले दुई दिनसम्म अनुसन्धान मूलक फिचर लेखनका बिबिध पक्षका बारेमा प्रशिक्षण दिने कार्यक्रम रहेको छ । तालिममा बिभिन्न सञ्चार माध्यममा कार्यरत २५ जना पत्रकारहरुको सहभागिता रहेको छ ।

Back to top button