शैलुङमा २७ करोडको हाइ अल्टिच्युड ट्रेनिङ सेन्टरको सिलान्यास

दोलखा । जिल्लाको शैलुङ गाउँपालिका निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय अनुसन्धान तथा तालिम केन्द्र (हाइ अल्टिच्युड ट्रेनिङ सेन्टर) को  सिलान्यास गरिएको छ ।  शनिबार युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सिलान्यास  गरेका हुन् ।  शैलुङ गाउँपालिका अध्यक्ष भरत दुलालको बिशेष पहलमा निर्माण हुन लागेको ट्रेनिङ सेन्टरका लागि नेपाल तेक्वान्दो संघले २ बर्ष अगाडि  शैलुङ गाउँपालिकासँग जग्गा भोगचलन सम्बन्धी सम्झौता गरेको थियो। ट्र्निङ सेन्टर निर्माणका लागि गाउँपालिकाले पाँच रोपनी जग्गा उपलब्ध गराउने छ ।गाउँपालिकामा विभिन्न अन्तर्राष्ट्रिय उच्च उचाइ तालिम तथा अनुसन्धान केन्द्रको निर्माण गर्ने उदेश्य रहेको अध्यक्ष दुलाले बताए । ट्र्निङ सेन्टरको निर्माण पछि गाउँपालिकामा पर्यटन ब्यवसाय बढ्दै जाने अध्यक्ष दुलालले बताए ।करिव २७ करोडको लागतमा निर्माण सुरु भएको सो स्थानमा २८ सय मिटर उचाइमा अन्तर्राष्ट्रिय खेलाडीहरुले तालिम गर्ने सकिने उनको भनाइ छ।

Back to top button