उत्कृष्ट सहकारी संघ पुरस्कार जिल्ला सहकारी संघ दोलखालाई

दाेलखा जिल्लामा रहेकाे जिल्ला सहकारी संघ लिमिटेडले उत्कृष्ट सहकारी संघ पुरस्कार २०७८ पाउने भएको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा शनिवार आयोजित कार्यक्रममा नेपालकाे उत्कृष्ट सहकारी संघ लि उक्त पुरस्कार दिने घोषणा गरेको हो । महासंघले अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा सो पुरस्कार प्रदान गर्नेछ ।
२०५० साल भाद्र ४ गते स्थापना भएको हाे । जिल्ला सहकारी संघ लि नेपालै उत्कृष्ट र नमुना संघकाे रुपमा परिचित छ ।
जिल्ला सहकारी संघ लि साविककाे डिभिजन सहकारी कार्यालय बाट समेत पुरस्कृत भैसकेको छ ।

Back to top button