राष्ट्रिय भुमि आयोग दोलखाको विज्ञ सदस्य पदमा सुशान्त तामाङ्ग, को हुन तामाङ्ग ?

दोलखा । राष्ट्रिय भुमि आयोगको जिल्ला समितिको विज्ञ सदस्य पदमा सुशान्त तामाङ्ग नियुक्त भएका छ्न | मन्त्रीपरिषदको बैठकले तामाङ्गलाई विज्ञ सदस्य पदमा नियुक्त गरेको हो । सबै सग सहकार्य गरेर दलित भूमिहीन तथा सुकुम्बासीहरुलाई छिटै जग्गाको लालपुर्जा उपलब्ध गराउने विज्ञ सदस्य तामाङले बताए ।

को हुन सुशान्त तामाङ्ग ?

बि.स २०५० सालमा दोलखाको साबिकको काटाकुटी गाबिस हाल शैलुङ गाउँपालिकामा सामान्य परिवारमा जन्म लिएका तामाङ्गको बाल्यकाल गाउँमा नै बितेको थियो । काठमाडौको कपनमा अध्ययनको क्रममा नारायण चोक युवा क्लबको अध्यक्ष भएका तामाङले गगन थापाको भाषणले प्रभावित भएर नेपाली काङ्ग्रेसको सक्रिय राजनीतिक यात्रा सुरु गरेका थिए।
उच्च शिक्षा अध्ययनका लागि पशुपति क्याम्पसको प्रबेश सगै नेपाल विद्यार्थी संघ राजनीति सुरु गरेका तामाङ २०६८ सालमा पशुपति क्याम्पसको इकाई सदस्य भएका थिए।

नेपाली काङ्ग्रेस निकट विभिन्न संगठनमा आवद्ध हुँदै आएका उनी नेपाली काङ्ग्रेसको १३ औं महाधिवेशन देखि निरन्तर क्षेत्रीय प्रतिनिधि हुँदै आएका छन ।भर्खरै सम्पन्न भएको नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा दोलखामा भएको प्रदेश (सभा-ख) को अधिबेशनमा प्रदेश प्रतिनिधिका प्रत्यासी रहेका तामाङ झिनो मतान्तरले पराजित भएका थिए ।
उच्च शिक्षा हासिल गरिसकेका तामाङ बिज्ञ सदस्य नियुक्त भएसगै दोलखाका सुकुम्बासीहरुले छिटै लालपुर्जा पाउने अपेक्षा गरिएको छ।

 

Back to top button