झुलेको वडा अध्यक्षका लागि इश्वर कार्किको स्वतन्त्र उम्मेद्धवारी दर्ता

चरिकोट । तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेको वडा अध्यक्षका लागि स्वतन्त्र उम्मेद्धवारी दर्ता भएको छ । नेपाली काँग्रेस दोलखाका पार्टि सभापति बर्मा लामाले जनभावना विरुद्ध झुलेका सभापति प्रकाश पाख्रिनलाई टिकट दिएसँगै बहुमत क्षेत्रिय प्रतिनिधिहरुको सहयोगमा काँग्रेस नेता इश्वर कार्कीले स्वतन्त्र उम्मेद्धवारी दर्ता गराएका हुन् ।
गाउँ पार्टि समितिको निर्णयलाई बेवास्था गर्दै पार्टि सभापति लामाले एक्लौटी रुपमा निर्णय गरेर पाख्रिनलाई टिकट दिएको भन्दै असन्तुष्ट बनेका झुलेका नेता तथा कार्यकर्ताहरुले कार्कीलाई अघि सारेका हुन् ।
कार्की सहित खुला वडा सदस्यहरुमा निर्वतमान पार्टि सभापति नानीकाजी तामाङर कृपध्वज कार्कीले उम्मेद्धारी दर्ता गराएका छन् । यस्तै महिला सदस्यमा इन्दिरा कार्की र दलित सदस्यमा संगीता विकले उम्मेद्धवारी दर्ता गराएका हुन् ।
स्वतन्त्र उम्मेद्धवारहरुलाई महाधिवेशन प्रतिनिधि भवेन्द्र कार्की, तामाकोशी गाउँपालिकाका उपसभापति बरुण पाख्रिन,सचिव राजेन्द्र योञ्जन, सहसचिव सुवास कार्की, वडा उपसभापति नेत्रबहादुर काफ्ले,वडा सचिव अविदित कार्की,सचिव सुजन कार्की,सहसचिव संजिव कार्की,कोषाध्यक्ष ललितबहादुर कार्की,पूर्व पार्टि सभापति रामबहादुर कार्की, तरुण दलका पूर्व अध्यक्ष पेमा योञ्जनले समर्थन गरेका छन् ।
यस्तै क्षेत्रिय प्रतिनिधिहरु अच्यूत कार्की,केशव काफ्ले,प्रदिप मोक्तान,धनबहादुर योञ्जन, शैलेश कार्की, शारदा काफ्ले,विरेन्द्र राउत,विनोद कार्की,संगिता विक,बेनुका कार्की,हिमाल कार्की,पुस्कर सुनुवारको समर्थन रहेको छ ।

Back to top button