दोलखामा विभिन्न पार्टी परित्याग गरी ४ दर्जन युवा नेकपा एमाले प्रवेश

दोलखा । भिमेश्वर नगरपालिकामा विभिन्न पार्टी परित्याग गरी ४ दर्जन युवा नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काङ्ग्रेसका युवा नेता सुनिल श्रेष्ठ, प्रबिन ओलि सहित नेकपा माओवादीका युवाहरू एक कार्यक्रमबीच शनिबार  नेकपा एमालेमा प्रवेश गरेका हुन् ।उनीहरुलाई नेकपा एमाले भिमेश्वर नगरपालिकाका प्रमुखका प्रत्यासी हरिवंश चौलागाईंले पार्टीमा स्वागत गरेका हुन् ।

भिमेश्वर नगरपालिकामा  एमाले र कांग्रेस र माओवादी नेकपा एसको  गठबन्धनको  प्रतिस्पर्धा रहेको छ। । युवा संघ भिमेश्वर नगर संयोजक सुजन श्रेष्ठको पहलमा ती युवाहरू एमाले प्रवेश गरेको युवा संघ भिमेश्वर नगरले जनाएको छ।

Back to top button