जनतासँग गरेका सबै प्रतिबद्धता पूरा गरेर तामाकोसी लाई नमुना गाउँपालिका बनाउछु : अध्यक्ष केसि

दोलखा। जिल्लाको तामाकोसी गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसिले जनतासँग गरेका सबै प्रतिबद्धता गरेर नमुना गाउँपालिका बनाउने बताएका छन ।
शनिबार सपथ ग्रहण गरेर गाउँपालिकाको कार्यभार सम्हाल्दै केसिले सो कुरा बताएका हुन ।
अध्यक्ष केसिले शनिबार नै तामाकोसी गाउँपालिकाका सम्पुर्ण जनप्रतिनिधिहरुलाई सपथ ग्रहण गराएका थिए ।
बिगतका जनप्रतिनिधि अधुरो छोडेका काम पूरा गर्ने बताउदै अध्यक्ष केसिले आर्थिक रुपमा स्थानियहरुको जिबनस्तर उकास्न विभिन्न कार्यक्रम सन्चालन गरिने बाताए ।

Back to top button