![](https://sunauloonline.com/wp-content/uploads/2022/05/IMG_20220524_123253.png)
सुजन काफले । दोलखा। भर्खरै निर्वाचित जनप्रतिनिधि विभिन्न लोकप्रिय निर्णय गरेर चर्चामा आइरहेको बेला दोलखाका एक अध्यक्षले भने फरक खालको कार्यक्रम गरेर पदभार ग्रहण गरेका छन ।
जिल्लाको तामाकोसी गाउँपालिकाका अध्यक्ष प्रोण प्रताप केसिले बाबुको पहिचान नखुलेका अपाङ्ग/ अशक्त महिला बाट जन्मिएको बच्चाको जन्मदर्ता गराएर गाउँपालिकाको पदभार ग्रहण गरेका छन ।
केसिले पदभार ग्रहण गर्दै आफ्नो औपचारिक कार्यकाल सामाजिक सेवाको कार्यमार्फत सुरुवात गरेका हुन ।
गाउँपालिकाको वडा नम्बर ५ सहरेका एक अशक्त महिलाबाट ०७८ साल कार्तिक ९ गते बच्चा जन्मिएको थियो। बच्चा आमा अशक्त भएका कारण बाबुको अहिले सम्म पहिचान खुल्न सकेको छैन । अशक्त महिला दिपिका खड्का बाट जन्मिएको बच्चाको अहिले अनाथ बालिकालाई लालनपालन गरिरहेको संस्था आवाज नेपालले हेरचाह गरिरहेको छ।
अध्यक्ष केसीले नगद रु ५,००० (पाँच हजार) बच्चा हेरचाह गरिरहेको संस्थालाई हस्तान्तरण समेत गरेका छन ।
बच्चाको र आमाको बालन पोषण गर्न उचित सहयोग गर्ने गाउँपालिकाको भनाइ छ।
गठबन्धनका साझा उम्मेदवार बनेका समाजबादिका नेता रहेका केसि २ हजार मतले बिजयी भएका थिए।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सिर्जना सुवेदी ,वडा अध्यक्ष शम्भु प्रसाद फुयाल, नेपाली काङ्ग्रेसका नेता शङ्कर न्यौपाने नेकपा माओबादी का उद्द्प खाती ,समाजबादि नेता लगायत स्थानीयहरुको उपस्थितिमा सप्पन्न भएको थियो ।