तामाकोसी गाउँपालिकाले १२ कक्षा सम्मका विद्यार्थीको खातामा मासिक १ सय बचत गरिदिने

दोलखा । जिल्लाको तामाकोसी गाउँपालिकाले १ कक्षा देखि १२ कक्षा सम्मका विद्यार्थीको खातामा मासिक १ सय बचत गरिदिने भएको छ।
स्थानीय तहमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएपछि पहिलो पटक बसेको गाउँपालिकाको कार्यपालिकाको बैठकले सो निर्णय गरेको हो ।
सहकारी बैंक लगायतका बित्तीय संस्थाहरुमा बचत खाता खोली अभिभावकले मासिक १ सय बचत गरेको प्रमणित रसिद पेश गरेपछि गाउँपालिकाले सोही खातामा १ सय बचत गरिदिने गाउँपालिका अध्यक्ष प्रोण प्रताप केसिले बताए ।अध्यक्ष केसिका अनुसार विद्यार्थीको पढाइ १२ कक्षा पूरा नभएसम्म बचत बाहेक अरु कुनै कारोबार गर्ने पाइने छैन।
उच्च शिक्षा अध्ययनका लागि सहयोग पुर्याउने उदेश्य का साथ यो अभियानको सुरु गरिएको अध्यक्ष केसिको भनाइ छ।
गाउँपालिका भित्रका बिधालयमा अध्ययन गरिरहेका तामाकोसी गाउँपालिकाकाका विद्यार्थीहरुले मात्र यो सुबिधा पाउने अध्यक्ष केसिले बताएका छ्न ।बचत अभियान श्रावण १ गते बाट सुरु हुने गाउँपालिकाले जनाएको छ।

Back to top button