दोलखा । नेपाली काङ्ग्रेस दोलखाको संगठन बिभाग प्रमुखमा नेपाली काङ्ग्रेसका युवा नेता भुवन केसि मनोनीत भएका छन ।
नेपाली काङ्ग्रेस दोलखाका सभापति बर्मा लामाले केसिलाइ संगठन प्रमुखमामा मनोनीत गरेका हुन।
संगठन प्रमुखको जिम्मेवारी सम्हाल्दै केसिले वडा देखि गाउँपालिका हुँदै जिल्ला सम्म नेपाली काङ्ग्रेसको संगठनलाई चलायमान बनाउने योजना रेहेको बताए ।
निर्माण ब्यवसायी समेत रहेका केसि नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनमा थोरै मतान्तरले महाधिवेशन प्रतिनिधि पराजित भएका थिए ।केसि नेपाली काङ्ग्रेस दोलखाका आमन्त्रित सदस्य हुन । जिल्ला अधिबेशनमा सभापति बर्मा लामाको टिममा तामाकोसी गाउँपालिकाबाट मुख्य भुमिकाम रहि सहयोग गरेका युवा नेता केसि नेपाली काङ्ग्रेसको राजनीतिमा समेत क्रियाशिल रहेका छन। काङ्ग्रेस अधिबेशनको टिमको प्रभाव तामाकोसी गाउँपालिकाको कार्यपालिका सदस्यको निर्वाचनमा समेत देखा परेको थियो।
सोही कारण नेपाली काङ्ग्रेसको भागमा परेको निर्वाचित बाहिरबाट एक जनाको कार्यपालिका सदस्य पदमा दुई जना कार्यपालिका सदस्यले मनोनयन दर्ता गरेर निर्वाचनमा होमिएका थिए ।
नेपाली काङ्ग्रेसका विभिन्न संगठनका आबद्ध रहेका केसि हाल बिपि अध्ययन प्रतिष्ठान दोलखाका अध्यक्ष रहेका छन