बर्थ डे मनाउन बोलाएर किशोरीमाथि सामूहिक बलात्कार

बाँकेमा फेसबुकबाट चिनजान र प्रेम सम्बन्ध भएको युवकको बर्थडे मनाउन गएकी १६ वर्षीया किशोरी सामूहिक बलात्कारमा परेकी छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार फेसबुकमा एक वर्षदेखि चिनजान भएका बाँके बैजनाथ गाउपालिका- ८ का १७ बर्षका हेमराज थारुले शनिबार आफ्नो जन्म दिन छ भनेर किशोरीलाई भेट्न बोलाएका थिए ।जन्मदिन मनाउन बाँके-बर्दिया सीमानाको मानखोलामा पुगेकी किशोरीलाई प्रेमी हेमराजसहित अन्य ५ जनाले जंगलमा लगेर मदिरा खुवाई पालै पालो बलात्कार गरेको पाइएको प्रहरीले बताएको छ ।प्रहरी प्रवक्ता न्यौपानेका अनुसार किशोरीलाई सुरुमा मानखोलाको जंगल र पछि बैजनाथस्थित टहरामा लगेर दुईदिनसम्म बलात्कार गरेका थिए ।बलात्कारमा संलग्नको आरोपमा ५ जना र उक्त घटनामा सहयोग गरेको आरोपमा २ जना सहित ७ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रेमी हेमराज थारु, निराजन थारु, बिक्रान्त थारु, प्रवीण थारु, राजकुमार थारु, विश्वनाथ थारु र निर्देश थारु छन् ।बेहोस भएकी किशोरीलाई दुई जनाले मोटरसाइकलमा राखेर नेपालगञ्ज ल्याउँदै गर्दा प्रहरीले शंका लागेर किशोरीसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो।

बलात्कृत भएको बताएकी थिइन् । त्यसपछि खटिएको प्रहरीले अरु ५ जनालाई पक्राउ गरेको प्रहरी प्रवक्ता न्यौपानेले बताए ।

बलात्कारमा परेकी किशोरीलाई उपचारपछि आश्रयस्थलमा राखिएको छ । – onlinekhabar

Back to top button