![](https://sunauloonline.com/wp-content/uploads/2022/06/received_741677596872003.jpeg)
दोलखा । जिल्लाको वैतेश्वर गाउँपालिकाका जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । हनुमन्तेश्वर माध्यमिक विद्यालय र हनुमन्तेश्वर क्याम्पसले जनप्रतिनिधिहरुलाइ बधाई तथा शुभकामना आदान प्रदान गरेको हो । कार्यक्रममा बोल्दै हनुमन्तेश्वर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिम प्रसाद दहालले निर्वाचित जनप्रतिनिधि लाई बधाई तथा शुभकामना दिदै जनप्रतिनिधिहरु लाई समृद्ध र नमुना गाउँपालिका निर्माण गर्न आग्रह गरेका थिए । दाहालको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष छवि लामा, हनुमन्तेश्वर क्याम्पसका प्रमुख कमल दहाल, हनुमनेश्वर माध्यमिक विद्यालयका प्रधनाध्यापक भरत केसी, वडा अध्यक्षहरु शान्त जिरेल, मिनकुमार शिवाकोटी, भुवन घिमिरे, कुमार चौलागाई, कमल अधिकारी लगायतको उपस्थिति रहेको थियो ।