सवारी कार्यालय पोखराले भन्यो : नयाँ र सरुवा दर्ता सवारीमा मात्रै इम्बोस्ड प्लेट सम्भव

कार्यालयले कार्यालयमा इम्बोस्ड प्लेट जडानका लागि चाप बढेको बताएको छ । तर, विभागले दिएको पूर्वाधारका आधारमा दिनमा ४०-५० जनालाई मात्रै यस्तो सेवा दिन सकिने कार्यालयले भनाइ छ ।कार्यालय परिसरमा पार्किङको समेत समस्या रहेको भन्दै कार्यालयले थप पूर्वाधार र जनशक्तिको व्यवस्था नभएसम्मका नयाँ दर्ता हुने र सुरुवा दर्ता हुने सवारीलाई मात्र सेवा दिन सकिने बताएको छ ।यातायात व्यवस्था विभागले भने बाग्मती र गण्डकीमा सबै पूर्वाधार तयार गरेर इम्बोस्ड प्लेटको जडान अनिवार्य गर्न सरु गरेको बताउँदै आएको छ । विभागले २२ कार्तिक २०७६ मा प्रकाशित राजपत्रअनुसार १ मंसिर २०७८ देखि नयाँ दर्ता हुने सवारी, १ फागुनदेखि नामसारी हुने सवारी र १ जेठ २०७९देखि सवारी धनी प्रमाणपत्र नवीकरण हुने सवारीलाई इम्बोस्ड अनिवार्य गरिएको बताएको छ ।तर, विभागले भनेअनुसार पूर्वाधार नभएको भन्दै पोखराको सवारी कार्यालयले नयाँ दर्तामा मात्रै सेवा दिन सकिने बताएको छ । विभागले भने अनिवार्य गरिएका सवारीमा इम्बोस्ड नजोडिए आगामी साउन १ देखि ट्राफिक प्रहरीमार्फत कारवाही सुरु गर्ने बताएको छ ।

Back to top button