स्थापना दिवसको अवसरमा युवा समितिद्वारा चरिकोट बजार सरसफाइ

दोलखा । प्रदेश युवा परिषद बाग्मतीको प्रथम स्थापना दिवसको अवसरमा चरिकोट बजार सरसफाइ गरिएको छ । जिल्ला युवा समिती दोलखाको आयोजनामा बुधबार बिहान सदरमुकाम चरिकोट बजारको फोहोरमैला ब्यवस्थापन तथा सरसफाइ गरिएको हो । युवा समिती दोलखाका अध्यक्ष भरत श्रेष्ठको नेतृत्वमा निक्लेको युवा तथा स्थानीयहरुको टोलिले सातदोबाटो  देखी बसपार्क क्षेत्रसम्म फोहोरमैला ब्यवस्थापन तथा सरसफाई गरेको हो । फोहोर ब्यवस्थापन नहुदा बजार दुर्गन्धित बढ्दै गएकाले स्थापना दिवसको अवसर पारेर सरसफाइ गरिएको अध्यक्ष श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नै सन्चालन गरेको बिच बजारमा रहेको ड्रीम्स क्याफेले जिल्लामै पहिलो पटक सार्वजनिक शौचायय समेत सुरू गरेको छ ।

Back to top button