गाउघर सानाकिसान कृषि सहकारी संस्थाद्वारा कृषकहरुलाइ कृषि सामाग्री बितरण

दोलखा । जिल्लाको मेलुङ गाउँपालिका ६ मा रहेको गाउघर सानाकिसान कृषि सहकारी संस्थाले कृषकहरुलाइ कृषि सामाग्री बितरण गरेको छ ।
संस्थाले कृषकहरुलाइ हातेट्याक्टर ,स्प्रे मेसिन,पाइप लगायत विभिन्न कृषि सामाग्री बितरण गरेको हो ।
संस्थाले आलु विस्तार कार्यक्रम अन्तरगत १ सय जना भन्दा बडिलाइ बीउ, सामुहिक प्रयोग हुने गरि १८ ओटा हातेट्याक्टर, ८० जना कृषकहरुले बिसादी प्रयोग गर्ने १५ओटा स्प्रे मिसिन, सिचाइ को लागि २ हजार मिटर पाइप वितरण गरिएको संस्थाका अध्यक्ष श्रीराज पोखरेलले बताए ।

यसै वर्ष संस्थाको पहलमा सितली मेलुङ सडक मर्मत भइरहेको र जोगिगाउ खानेपानी आयिजना सम्पन भएको अध्यक्ष पोखरेलले बताए ।

संस्थाले पुरै अनुदानमा युवा किसान लाई मिल थ्रेसर सामान वितरण अध्यक्ष पोखरेलको भनाइ छ।

केही महिना अगाडि संस्थाले मेलुङमा गरेको कार्यक्रममा बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मेलुङमा बिशेष बजेट बिनियोजन गर्ने आश्वासन दिएका थिए, सोहि अनुसार गाउँपालिकामा प्रदेशबाट १२ ओटा भन्दा बढी योजनामा बजेट बिनियोजन भएको सहकारिले जनाएको छ ।संस्थाले भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान समेत गरेको थियो

Back to top button