दोलखाका क्यान्सर पिडित उज्वल जोशिको उपचारका लागि सहयोगको अपिल

दोलखा । काठमाडौको बाल कान्ति अस्पतालमा प्राण घातक रोग क्यान्सरको उपचार गरिरहेका उज्जवल जोशिको उपचारका लागि सहयोग गरिदिन परिवारले आग्रह गरेको छ ।
स्थायी घर दोलखाको गौरिशंकर गाँउपालिका, ८ खारे रहेका जोशि परिवार खेतिपाति गरेर सामान्य जिवनयापन चलाउदै आएका थिए । उनिहरुको आफ्नो खेतबारिमा उत्पादन हुने अन्नले ३ महिना मात्र खान पुग्छ । आर्थिक अवस्था कमजोर रहेका जोशि परिवारले आफ्नो छोराको उपचारका लागि सहयोग गरिदिन आग्रह गरेकोे छन । धु्रव जोशि र पुतलि जोशिका ३ छोरा रहेका छन । ती छोरा मध्यका १० वर्षका कान्छा छोरा उज्वललाइ क्यान्सर भएसगै जोशि परिवारलाइ थप पिडा थपिएको छ । २० दिन आइसियुमा राख्दा आफुसग भएको रकम सकिएपछि छोराकोे जिवन बचाउन थप उपचार गर्नुपर्ने भएकाले उपचारमा सहयोग गरिदिनहुन जोशि परिवारले सम्पुर्णमा आग्रह गरेको छ ।
सहयोग लागि हिमालयन बैँकमा रहेको सुवास केसिको खाता नम्बर (५६०७८४२५८००१५) मा जम्मा गर्न सकिनेछ । सम्पर्क मोबाइल नम्बर ९८४४०६७६०९

Back to top button