दोलखाबाट संघिय सांसदमा चुनाव लड्ने युवा नेता कुन्दनराज काफ्लेको घोषणा, को हुन काफ्ले ?

दोलखा । नपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेविसंघका पुर्वमहामन्त्री कुन्दनराज काफ्लेले संघिय सांसदको निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन । केहिदिन अगाडि उम्मेदवारी घोषणा गरेका काफ्ले निर्वाचनको तिब्र तयारीमा लागेका छन ।                                                      युवाहरुमाझ लोकप्रिय रहेका काफ्लेले तत्कालिन राजा ज्ञानेन्द्र विरुद्घ लोकतन्त्र कि राजतन्त्र व्यवस्था रोज्न भन्ने सवालमा पशुपति क्याम्पस चाबहिलमा नमना जनमतसंग्रह गराएर देशव्यापी चर्चामा आएका थिए । पछिल्लो पटक भएको कांग्रेस महाधिवेशनमा लोकप्रिय मतका साथ केन्द्रिय सदस्यमा विजयी भएका काफ्ले कांग्रेसका कान्छा केन्द्रिय सदस्य हुन । २०७२ सालमा गएको विनाशकारी भुकम्पमा काफ्लेले दोलखा जिल्लाका गाँउ गाँउमा जस्तापाता, त्रिपाल लगायत खाद्मान्न सामाग्रीहरु वितरण गरेका थिए ।      काफ्ले दिनरात नभनि दोलखालीकै काममा खटिने भएकाले, अध्ययनको क्रममा होस वा बिरामी हुदाँ काठमाडौ छिर्ने सबैले उनलाइ नै सम्झिने गर्दछन ।
दोलखामा बाढि र पहिरोले क्षति पुर्याउने बित्तिकै राहात बोकेर पिडित भेट्न पुग्ने काफ्लेले यो वर्ष पनि लापिलाङ, जिरी लगायतका ठाँउमा जस्तापाता लगायतका सामाग्री वितरण गरिसकेका छन ।
युवापुस्ताको होस वा बुढाबुढिको मनमुटुमा बस्न सफल भएका काफ्ले तिब्र चुनावी प्रचारप्रसारमा रहेका छन ।
पशुपति बहुमुखी क्याम्पसबाट सक्रिय राजनीति थालेका काफ्ले स्ववियु सदस्य, सचिव हुँदै शान्दार मत ल्याएर सभापतिमा विजयी भएका थिए । विद्यार्थी नेताको रुपमा उत्कृष्ट पहिचान बनाएका काफ्ले विद्यार्थी आन्दोलनका पर्याय नै हुन् ।
नेविसंघ केन्द्रीय समितिमा सदस्य, कोषाध्यक्ष हुँदै लोकप्रिय मत ल्याएर महामन्त्रीमा निर्वाचित काफ्ले नेपालमा गणतन्त्रको बिजारोपण गर्ने प्रमुख विद्यार्थी नेता हुन् । प्रतिगमन विरोधी आन्दोलनको क्रममा चरम यातना पाएर राजद्रोहको मुद्दा खेप्दै सबैभन्दा बढी जेलनेल भोग्ने पात्र काफ्ले नै हुन् । नेविसंघमा रहँदा काफ्लेले जनमत सङ्ग्रहदेखि देशव्यापी रुपमा राजतन्त्रको सान्र्दभिकता विषयमा बहस चलाए ।
गणतन्त्रको प्रस्ताव पास गर्न पार्टीलाई नैतिक दबाब दिने श्रेय काफ्लेलाई नै जान्छ ।                             

Back to top button